काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब न्युरोड टिम एनआरटीले क्यामरुनी डिफेन्डर बी बी एन्ड्री थिएरीलाई अनुबन्ध गरेको छ ।
चार पटकको च्याम्पियन एनआरटीले मंगलबार सामाजिक संजालबाट थिएरीलाई अनुबन्ध गरिएको जनाएको छ ।
एनआरटीले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि डिफेन्डर थिएरीलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।
राइट ब्याक थिएरीले अघिल्लो पटकको लिग समेत एनआरटीबाट खेलेका थिए ।
एनआरटीले यस अघि डिफेन्डर शिव गुरुङ, मिडफिल्डर दिपेश घले, फरवार्ड रन्जन विष्टसहित दुई अफ्रिकन खेलाडी मोसुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गरिसकेको छ ।
