नोरीले जिते इण्डियन वेल्सको उपाधि
सोमबार, कार्तिक १, २०७८खेलपाटी संवाददाता

काठमाडौं । बेलायती टेनिस खेलाडी क्यामरोन नोरीले निकोलोज बासिलासभिलीलाई पराजित गर्दै पुरुषतर्फको इण्डियन वेल्स टेनिसको उपाधि हात पारेका छन् ।
इण्डियन वेल्सको उपाधि हात पार्ने उनी पहिलो बेलायती हुन् ।
अमेरिकाको क्यालिफोर्नियास्थित इण्डियन वेल्स टेनिस गार्डेनमा भएको फाइनलमा नोरीले जर्जियाका बासिलासभिलीसँग पहिलो सेटमा पछि परेपनि लगातार दुई सेट जित्दै उपाधि हात परे ।
नोरी पहिलोमा सेट ३-६ ले पछि परेका थिए तर उत्कृष्ट पुनरागमन गर्दै दोस्रो र तेस्रो सेट क्रमश ६-४ र ६-१ ले आफ्नो पक्षमा पारे ।
२६ वर्षीय नोरीका लागि यो एक ठुलो उपाधि हो । यस उपाधिसंगै नोरी विश्व वरियतामा १६ औ स्थानमा उक्लने छन्। यो सिजनको सुरुवात गर्दा उनी ७४ औ स्थानमा रहेका थिए ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)