काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर बार्सिलोनाले जित निकालेको हो ।
खेलको पाँचौं मिनेटमा जोसे गयाले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए ।
तर, खेलको १३ औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ४१ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै बार्सिलोनालाई ३-१ को जित दिलाए ।
यस्तै खेलको ८७ औं मिनेटमा सर्जियो अग्युरोले बार्सिलोनाका लागि डेब्यू गरे ।

म्यानचेस्टर सिटीबाट बार्सिलोना पुगेका उनी सर्जिनो डेस्टको स्थानमा मैदान प्रवेश गरेका थिए ।
यस जितसँगै बार्सिलोनालले ८ खेलमा १५ अंक जोडेको छ ।
बार्सिलोना लिगको सातौं स्थानमा रहेको छ ।
भ्यालेन्सिया १२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
