काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिलीले सहज जित निकालेको छ ।
शुक्रबार बिहान भएको खेलमा चिलीले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
चिलीको जितमा एरिक पुल्गरले दुई गोल गरे । बेन बेरेटोनले एक गोल थपे ।

यस जितसँगै चिलीले १२ खेलमा १३ अंक जोडेको छ ।
चिली तालिकाको छैटौं स्थानमा रहेको छ ।
भेनेजुएला ७ अंक जोडेर पुछारमा रहेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत नै बोलिभियाले पाराग्वेलाई ४-० ले हराएको छ ।
त्यस्तै कोलम्बिया र इक्वेडरले गोलरहित बराबरी खेलेका छन् ।