• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
खेलाडी उत्पादनमा ‘ब्रेक थ्रू’
खेलपाटी संवाददाता
मंगलबार, असोज १९, २०७८ खेलपाटी संवाददाता
खेलाडी उत्पादनमा ‘ब्रेक थ्रू’

काठमाडौं । जंगी अड्डा भद्रकालीमा मंगलबार केही फरक दृष्य देखिए । राष्ट्रिय सुरक्षाको मुख्य जिम्मेवारी पाएको आर्मीको ‘हाइकमाण्ड’ मंगलबार फुटबलको औपचारिक कार्यक्रममा सरिक थियो ।

आर्मीले फुटबल खेलाडी उत्पादनमा महत्वपूर्ण मानिएको युथ एकेडेमीको औपचारिक उद्घाटन गर्यो ।

आर्मीको नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले एकेडेमीको औपचारिक उद्घाटन गरे ।

घरेलु खेलकुदमा आर्मीको योगदान महत्वपुर्ण छ । राम्रा खेलाडी उत्पादन गर्नेदेखि खेलाडीलाई विभागमा रोजगारी सुनिश्चित गर्ने सन्दर्भमा आर्मी परिचित छ । त्यसैले घरेलु खेलकुद र खेलाडीमा आर्मीको बर्चस्व छ ।

आर्मीले अझै फुटबललाई प्राथमिकतामा राखेको देखिन्छ । नेपालमा एएफसी क्लब लाइसेन्सिङ कार्यान्वयनको हल्ला चल्ने वित्तिकै विभागीय टिमको भविष्यलाई लिएर ठुलो चिन्ता व्यक्त भएको थियो ।

No description available.

एएफसीका मापदण्ड विभागले पुरा नगर्ने र पब्लिक क्लबको दरिलो उपस्थितीले विभागीय टिम विस्तारै हराउने धेरैको अनुमान थियो ।

तर सबैको अनुमान विपरित आर्मीनै एएफसीको क्लब लाइसेन्सिङ प्राप्त गर्ने पहिलो र एकमात्र क्लब बनेको छ ।

एएफसीका प्रतियोगिता खेल्ने वैधानिक अधिकार र हैसियत अहिले आर्मीसँग मात्र छ ।

आर्मीको ‘चेन अफ कमाण्ड’ अनुसार एएफसीको मापदण्ड पुरा गर्न निकै झन्झट हुने धेरैको बुझाई थियो । तर आर्मीले फुटबलका लागि बेग्लै विधान मात्र बनाएन, क्लबको नामनै परिवर्तन गर्न तयार भयो ।

अब त्रिभुवन आर्मी क्लब हैन, त्रिभुवन आर्मी फुटबल क्लबको रुपमा विभागीय टिमले घरेलु फुटबल खेल्नेछ ।

एउटा सुखद समाचारको अन्त्य हुन नपाउँदै आर्मीले घरेलु फुटबलमा अर्को कोशेढुङ्गा स्थापित गरेको छ ।

आर्मीले फुटबल खेलाडी उत्पादनका लागि मंगलबारबाट एकेडेमीको औपचारिक उद्घाटन गरेको छ ।

यो अवस्थासम्म आइपुग्न सहज भने थिएन ।

No description available.

एएफसीको क्लब लाइसेन्सिङ प्रत्येक क्लबमा लागु गर्नुपर्ने दबाबमा एन्फा छ ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा सहितका अधिकांश पदाधिकारीलाई थाहा छ, यो नेपालमा लागु गर्न सहज छैन ।

तीन महिना समेत लिग खेल्न नसक्ने ए डिभिजन क्लबमा एएफसीको लाइसेन्स लागु गराउनु फलामको चिउरा चपाउनु सरहनै हो ।

त्यसपछि एन्फाको ध्यान विभागीय टिमतर्फ मोडिएको देखिन्छ । अध्यक्ष शेर्पाले आर्मीसँग छलफल गरेर फुटबल एकेडेमीको प्रस्ताव अघि बढाएका थिए । साथै एएफसी लाइसेन्स किन आवश्यक छ भनेर अन्तरक्रिया समेत गराएका थिए ।

एन्फाको प्रस्तावमा आर्मी सकारात्मक बन्यो । लगत्तै आर्मी ए लाइसेन्स प्राप्त गर्ने दिशामा अघि बढेको थियो ।

आर्मी मात्र हैन एन्फाले राज्यको स्रोत साधनले सम्पन्न अन्य दुई विभागीय टिम पुलिस र एपीएफमा समेत खेलाडी उत्पादनका लागि एकेडेमी र एएफसीको लाइसेन्सिङको छलफल चलाएको थियो ।  अहिले दुवै विभाग एएफसीको क्लब लाइसेन्सिङ प्राप्त गर्ने दिशामा अघि बढेका छन् । खेलाडी उत्पादनमा एकेडेमी सञ्चालन गर्न अन्य दुई विभाग सहमत बनेर काम सुरु गरिसकेका छन् ।

नेपालमा फुटबल खेलाडी उत्पादनका लागि व्यवस्थित एकेडेमी सञ्चालनमा छैनन् । केही छन्, ती नगन्य छन्, प्रभावकारी छैनन् ।

फुटबलको नीति बनाउने र कार्यान्वयन गर्ने निकाय एन्फाले एकेडेमी सञ्चालन गर्दै आएको छ ।

आन्तरिक विवादले कुनै समय एकेडेमी बन्द थियो, अहिले सञ्चालनमा छन् ।

ती एकेडेमी केन्द्रिय ‘हेडक्वार्टर’ सातदोबाटो सहित बुटवल र धरानमा सञ्चालित छन् । यिनै तीन एकेडेमीले फुटबल खेलाडी उत्पादनको सम्पुर्ण भार धानेका छन् ।

अब यसका तीन विभाग समेत जोडिएका छन् । जसको आर्मीले मंगलबार उद्घाटन गरेको छ । खेलाडी उत्पादनमा यसलाई ‘ब्रेक थ्रू’को रुपमा लिन सकिन्छ ।

देशभरबाट छानिएका उत्कृष्ट खेलाडीलाई छनोट गरि तीन विभागको टोलीमा बाँड्ने र तीन विभागमा आएका खेलाडीलाई सम्बन्धित विभाग, एन्फा र सम्बन्धित खेलाडी सहितको आर्थिक व्ययभारबाट सञ्चालन गर्ने ‘मोडालिटी’ घरेलु फुटबलको खेलाडी उत्पादनमा ‘ब्रेक थ्रू’ हुने विश्वास गरिएको छ ।

मंगलबार आर्मीले तीनै छनोट भएका खेलाडीबीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्यो र एकेडेमीको सुभारम्भ गर्यो ।

एउटा टिमको कप्तानी राष्ट्रिय टिमका स्टार भरत खवासले गरे, अर्को टिमलाई जर्ज प्रिन्स कार्कीले नेतृत्व गरे । एकेडेमीका खेलाडी विभागका सिनियर खेलाडीको नेतृत्वमा मैदानमा उत्रिए ।

यू–१३ बाट छनोट भएका खेलाडीले लोभलाग्दो स्किल देखाए ।

No description available.

सबै खेलाडीको भरत खवास र जर्ज प्रिन्स कार्की जस्तै सफल खेलाडी बन्ने सपना बुनेका रहेछन् । एकेडेमीमा आएका खेलाडी आवसीय रुपमा आर्मीको विद्यालयमा बसेर पढ्नेछन् र सँगै फुटबलको कला पनि तिखार्नेछन् ।

एकेडेमीबाट उत्पादन भएका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने आर्मीको अपेक्षा छ ।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोहितले इन्डोनेशियाली क्लब छाडे
रोहितले इन्डोनेशियाली क्लब छाडे
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP