• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
ब्राजिलियन फुटबलको कालो क्षण
खेलपाटी संवाददाता
मंगलबार, असोज १९, २०७८ खेलपाटी संवाददाता
ब्राजिलियन फुटबलको कालो क्षण

काठमाडौं । चार्ल्स फाबियनलाई सम्पूर्ण कुरा बुझ्न केही मिनेट लाग्यो ।

उत्तर-पूर्वी सहर साल्भाडोरमा रहेको ब्राजिल टोलीको होटेलमा युवा फरवार्ड चार्ल्सले भर्खरै रातीको खाना खाएर के भ्याएका थिए, त्यतिकैमा स्थानीय क्लब बाहियाका अध्यक्ष आइपुगे ।

‘तपाई आफ्नो झोला प्याक गर्नसक्नुहुन्छ किनभने तपाई यहाँ बस्न पाउनुहुन्न,’ चार्ल्सको पाखुरा समाउदै पाउलो माराकाजाले चिच्याउदै भने ।

यो सन् १९८९ को जुन महिना थियो । घरेलु मैदानमा कोपा अमेरिका सुरु हुदै थियो, बाहियाका खेलाडी २१ वर्षीय चार्ल्स केही समय अघि नै राष्ट्रिय टोलीमा आएका थिए । उनलाई के गर्ने केही थाहा भएन । ब्राजिल फुटबल संघका कसैलाई नदेखेपनि उनले माराकाजाको आदेश मान्दै होटेल छाडे ।

खासमा चार्ल्ससँगै अन्य तीन जना खेलाडी २० जनाको टोलीमा नपर्ने बताईएपछि माराकाजाले सो विषयलाई व्यक्तिगत रुपमा आफ्नै हातमा लिए । आफ्ना खेलाडीलाई टोलीमा नराखिएकोप्रति उनी आक्रोशित थिए ।

खेलाडीको कटौतीको नाटकीय परिणाम देखियो । त्यसपछिको घटनालाई अहिलेपनि ब्राजिलको खेल इतिहासको कालो क्षणको रुपमा लिइन्छ । यो लामो समयसम्म सिमान्तकृत महसुस गरेका मानिसहरुमाथिको अर्को विश्वासघात जस्तो महसुस गरियो, जुन अझै पनि यस्तै महसुस गरिन्छ ।

ब्राजिलको उदघाटन खेल भोलिपल्ट उही उत्तर-पूर्वी सहर साल्भाडोरमा थियो ।

चार्ल्स एक स्थानीय चर्चित खेलाडी (आईकन) थिए तथा वर्षौपछि क्षेत्रीय टोलीबाट कुनै खेलाडीलाई राष्ट्रिय टोलीका लागि छनौट गरिएको थियो ।

ब्राजिलको भेनेजुएलामाथिको ३-१ को जितमा केवल १३ हजार समर्थकहरु, जुन खेल मैदानको क्षमताको आधाभन्दा पनि कम थियो, जसले स्पष्ट सन्देश पठाउने थिएन । तर समर्थकहरुले ब्राजिलको झण्डा जलाए, राष्ट्रिय गानलाई गिज्यायो, राष्ट्रिय झण्डा जलाए तथा आतिसवाजी गरेर कोचिङ स्टाफलाई डगआउटबाट भाग्न बाध्य तुल्याए । उनीहरु आक्रोशित थिए ।

World Cup: The demands of the Brazilian crowds has been a significant  factor in the exciting football we have seen | Football News | Sky Sports

‘त्यस दिन ममा मिश्रित भावनाहरु थिए,’ चार्ल्स भन्छन् ।

‘एकातिर मैले पाएको समर्थनबाट म खुसी थिए, तर जे भयो त्यसका लागि म दुःखी थिए । कसैलेपनि आफ्नो देशको झण्डामा आगो लागेको देख्न चाहदैन । मेरो विचारमा प्रदर्शन जायज भएपनि कुनै अर्को तरिकाबाट गर्न सकिन्थ्यो ।’

स्पष्ट रुपमा भन्दा त्यो केवल फुटबलको बारेमा मात्र थिएन । चार्ल्सले दशकौंसम्म चलेको बहसमा तानिएका थिए ।

ब्राजिल खासगरी दुई समूहमा विभाजित छ, दक्षिण-पूर्वका धनीहरु तथा उत्तर-पूर्वी क्षेत्रमा रहेकाहरु सामाजिक तथा आर्थिक सूचकमा पछाडी छ ।

उत्तर-पूर्वी क्षेत्रका लाखौ  मानिसहरुले अहिले पनि महिनाको २० युरो भन्दा पनि कम कमाउछन्, लाखौले भोकमरीको सामना गरिरहेको छ भने कोभिड महामारीका कारण बेरोजगारी ५० प्रतिशत भन्दा बढीले बढेको छ । जसका कारण त्यस क्षेत्रका दक्षिण-पूर्वी सहरहरु साओ पाओलो अथवा रियो दि जेनेरियोमा आप्रवासी हुन बाध्य भएका छन् । तर पनि त्यहाँ उनीहरुले विभेदको समाना गर्नुपरेको छ ।

बार्सिलोनाका लेजेन्ड रिवाल्डोले खेल जीवनभरीले संचारमाध्यमले आफूलाई अन्य ब्राजिलियन खेलाडीहरु जस्तै रोमारियो र रोनाल्डो सरह व्यवहार नगरेको भन्दै गुनासो गरिरहे । त्यसको एउटामात्र कारण थियो उनी उत्तर-पूर्वका थिए । जब उनले सन् २०१५ मा आधिकारीक रुपमा सन्यास लिए, उनको सामान्य भावना के थियो भने उनको प्रतिभाको कहिल्यै साचोरुपमा सराहना गरिएन ।

रियो दि जेनेरियोमा ब्राजिलको उत्तर-पूर्वका मानिसहरुलाई रुढीबादीको रुपमा लिन्छन तथा विश्वव्यापी रुपमा ‘परैबास’ (परैबा राज्यबाट आएकाहरु)को रुपमा लिन्छन् । त्यसैगरी, साओ पाओलोमा उनीहरुलाई ‘बाईनोस’ –बाहिया राज्यबाट आएका)का रुपमा लिन्छन् ।


ब्राजिलमा एउटा शृङ्खला चर्चित छ, ब्राजिलका पूर्व खेलाडी तथा रियो राज्यका नागरिक इडमुण्डलाई सन् १९९७ मा खेलबाट बाहिर पठाइएको थियो ।

इडमुण्डका अनुसार ‘हामी पराईबामा खेल्न आउछौ (खेल खासमा अर्को उत्तर-पूर्वी राज्य रियो ग्राण्डे डो नोर्टेमा भएको थियो) तथा तपाईले एक पराईबा (खेल अधिकारी खासमा उत्तर-पूर्वी राज्य सियाराबाट आएका थिए) लाई खेलको रेफ्रिको जिम्मेवारी दिनुहुन्छ । यसले कहिल्यै काम गर्ने थिएन ।’

एक उदाहरणको रुपमा सन् २०१९ मा दक्षिणपन्थी राष्ट्रपति तथा साओ पाओलो राज्यमा जन्मेका जैर बोल्सोनारोको सार्वजनिक भएको एक रेकर्डिङमा उत्तर-पूर्वी राज्यका गभर्नरहरुलाई पराईबाको रुपमा उल्लेख गरेका थिए ।

दक्षिणमा उत्तर-पूर्वका मानिसहरुलाई प्राय सामाजिक वा बौद्धिक रुपमा तल्लोस्तरको मानिन्छ, उनीहरुको स्थानीय लबजलाई लिएर मजाक बनाइने गरिन्छ ।

पोर्टो तथा जेनिथ सेन्ट पिटर्सवर्गका तथा पराईबा राज्यबाट आएका स्टार हल्कले यस्तो घटना सन् २०१४ को विश्वकप अघिको पत्रकार सम्मेलनमा भोगेका थिए ।

३५ वर्षीय फरवार्ड हल्कलाई एक पत्रकारले प्रश्न गर्योकी उत्तर-पूर्वका भएको भएर उनको उच्चारण हास्यास्पद भएको हो, जुन प्रश्नलाई उनको कानले विश्वास गर्नै सकेन ।


लगभग करोड मानिसको बसोबास भएको तथा देशको जनसंख्याका २७ प्रतिशत जनसंख्या रहेको सो क्षेत्रका नौवटा राज्यका कुनैपनि खेलाडीले विश्वकपमा ब्राजिलका लागि खेलेका छैनन ।

विगत १५ वर्षमा उत्तर-पूर्वका क्लबहरु मध्येबाट केवल दुई खेलाडीलाई राष्ट्रिय टिममा बोलाईको छ, स्पोर्ट रेसिफेका फरवार्ड डिएगो सोअजालाई सन् २०१७ तथा नौटिकोका लेफ्टब्याक डोगलस सान्तोषलाई सन् २०१३ मा बोलाइएको थियो ।

यसको एउटा कारण भनेको प्रतिभावान खेलाडीहरु त्यहाका क्लबमा लामो समयसम्म टिक्दैनन । यसको एउटा समाधानको रुपमा यहाका खेलाडीलाई युरोपको क्लबमा पठाउनु हो तर यो विरलै हुने गरेको छ । खासमा दक्षिण—पूर्वीलाई बढि केन्द्रीत गरिन्छ ।

ब्राजिलमा साओ पाओलो, रियो दि जेनेरिया, बेलो होरिजोन्टे तथा पोर्टो एलेग्रेबाहेका घटनालाई राष्ट्रिय महत्व खासै दिइदैन ।

अहिले अवस्थामा क्लबहरु व्यापारिक उद्यम तथा टेलिभिजन राजस्वमा भर पर्ने गरेका छन्, यस्ता कुराहरुबाट उत्तर-पूर्वका क्लबहरुले फाइदा लिन नसक्नुले अझ चुनौती थपेको छ ।
तर पनि विस्तारै परिवर्तन भने हुदै गएको छ । फोर्टालेजाले आफ्नो आम्दानी सन् २०१४ भन्दा सन् २०१९ मा १० गुणाले बढाएको थियो । उनीहरु अहिले ब्राजिलको लिगमा चौथो स्थानमा तथा ब्राजिलियन कपको सेमिफाईनलमा प्रवेश गरेको छ, जुन १ सय २ वर्षपछि पहिलो पटक भएको हो ।


अहिले रिएरा र बाहिया क्लबले लिगमा राम्रो प्रदर्शन गर्दै आएका छन् । सन् २००६ मा उनीहरु तेस्रो डिभिजनमा झरे जसका कारण पचास हजार मानिस साल्भाडोरको सडकमा ओर्लिएर र बोर्डविरुद्ध प्रदर्शन गरे ।

त्यसलगतै सुधार नभएपनि सन् २०१३ मा टिकेट खरिद गरेकाहरुले क्लबको अध्यक्षका लागि मतदान गर्ने अवसर पाए, जुन ब्राजिलको फुटबलमा विरलै हो ।

बाहियाको सन् १९५९ र १९८८ को लिगको उपाधिका ट्रफीहरु फोहरको टोकरीमा फालिएको भएपनि अहिले सो क्लब एक उदाहरण बनेको छ । उनीहरुले आफ्ना अधिकांश ऋण तिरिसकेको छ भने नया पारदर्शी नीति ल्याइएको छ ।


‘यदि तपाईसँग ब्राजिलियन लिग जित्ने टोली, जुन हामीले सन् १९८८ मा जित्यौ, तपाईले आफ्ना खेलाडीहरुलाई विभिन्न जर्सी पहिरिएको देख्न सक्नुहुनेछ । जुन चाल्र्सले सन् १९८९मा देखाएका थिए,’ बाहियाका उपाध्यक्ष भिटोर फेराजले भने ।

‘बाहिया देशकै सबैभन्दा लोकतान्त्रिक क्लब हो र यसले राष्ट्रिय संचारमाध्यमबाट केही ध्यान आकर्षित गरेको छ तर हामीलाई थाहा छ कि यदि दक्षिणको कुनै क्लबले यस्तो गरेको भए यसको प्रभाव बेग्लै हुन्थ्यो,’ फेराजले थपे । तर हामीले आफूलाई १० वा १५ वर्ष अघिको भन्दा अझ राम्रो स्थानमा पाउनेमा उनी विश्वस्त छन् ।

‘अबदेखि मैदानमा जे हुन्छ त्यसले यस बास्तबिकतालाई परिवर्तन गर्नेछ ।’

 

-बीबीसीको सहयोगमा

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोहितले इन्डोनेशियाली क्लब छाडे
रोहितले इन्डोनेशियाली क्लब छाडे
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP