• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
रोहित सम्झाउने त्यो साफ
नमीन ढकाल
आइतबार, असोज १७, २०७८ नमीन ढकाल
रोहित सम्झाउने त्यो साफ

इलाम ।

‘वान मिस्टेक गेम ओभर’ ।

उल्लेखित भनाई राष्ट्रिय फुटबल टिमका डिफेन्डर रोहित चन्दको लागि तितो अतित हो ।

८ वर्षअघि रोहितको एक गल्तीले घरेलु मैदान साफको उपाधि चुम्ने नेपालको सपना अधुरै रह्यो ।

सन् २०१३ को १० औं संस्करणको साफमा समूह 'ए' बाट अपराजित रहदै समूह विजेताको रुपमा नेपाल सेमिफाइनल पुगेको मात्र थिएन्, उपाधिको दाबेदार भारतमाथि जित निकालेको थियो ।

सोही कारण उपाधिको प्रवल दाबेदारको रुपमा नेपाललाई हेरिएको थियो ।

घरेलु मैदान र घरेलु दर्शक नेपाली टिमका लागि अर्का सहयोगी कारक थिए ।

फाइनल प्रवेशका लागि नेपालको प्रतिद्धन्द्धी थियो, अफगानिस्तान ।

नवौं संस्करणमा समेत नेपालको फाइनल प्रवेशको बाधक अफगानिस्तान नै थियो । त्यसबेला अतिरिक्त समयमा भएको गोल नै निर्णायक बनेको थियो ।

सन् २०१३ को दसौं संस्करणमा समेत नेपालको बाधक अफगानिस्ताननै बन्यो । खेलको सुरुवातमै नेपालले गोल खान पुग्यो । पेनाल्टी क्षेत्र बाहिरबाटै अफगानिस्तानका अनिरुद्दिन अनवरले ११ औं मिनेटमा प्रहार गरेको बल गोलकिपर किरण चेम्जोङको हातमै पुग्यो । तर, किरणले बल फुस्काए । नजिकै रहेका सन्जर अहमदीले त्यही बललाई वान टचमै गोल गर्दै पाहुना टोली १–० ले अघि बढाए ।

No description available.

यद्दपी निरन्तर आक्रमण बुनेको नेपाललाई गोल फर्काउने आश थियो । घरेलु मैदान भएकाले नेपाली टिम दबाबका बीच खेलिरहेको थियो । अन्ततः त्यही गोल निर्णायक बन्यो । र, अफगानिस्तान लगातार दोस्रोपल्ट फाइनल प्रवेश गर्यो ।

त्यसबेला सबैभन्दा ठूलो अपजस डिफेन्डर रोहित चन्दले बोक्न पर्यो । अफगानी टोलीविरूद्व  सेमिफाइनलमा १–० ले पछि रहेको अवस्थामा बराबरी गर्ने एउटा सुनौलो अवसर नेपालसँग थियो ।

भरत खवासमाथी भएको खराब ट्याकलमा सन्दीप राईले फ्रिकिक प्रहार गरेका थिए । सन्दिपको प्रहारमा हेडर प्रयासमा उफ्रिएका विमल घर्तीमगरलाई अफगान गोलकिपर मन्सुर फगिरयारले पेनाल्टी क्षेत्रमा फल गर्न पुगे । रेफ्री सलि अल हेथलोलले ८६ औं मिनेटमा नेपाललाई पेनाल्टीको अवसर दिएका थिए । पेनाल्टीमा आएका थिए, रोहित चन्द ।

उनले हानेको बल गोलकिपर मन्सुरले बचाए । दशरथ रंगशाला स्तब्ध बन्यो।

नेपालले पुन पेनाल्टीको अवसर प्राप्त गर्यो ।

रोहितले बल प्रहार गर्नु अगाबै अफगान खेलाडी पेनाल्टी क्षेत्रमा प्रवेश गरेकाले सहायक रेफ्रीले नेपाललाई पुन: पेनाल्टीको मौका दिए ।

दोस्रोपल्ट पनि रोहितले हानेको बल मन्सुरले पञ्जामा पारे । रोहितले पुनः त्यही स्थानमा प्रहार गरेका थिए, जहाँ पहिलो पटक उनको पेनाल्टी असफल बनेको थियो ।

लगातार दुई पेनाल्टी पाउँदा पनि गोल गर्न नसक्दा नेपाल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको थियो ।

समर्थकले रोहितको चर्को आलोचना गरेका थिए ।

सो घटनालाई लिएर रोहितले सम्पूर्ण नेपाली तथा नेपाली फुटबल समर्थकसँग सामाजिक सञ्जाल तथा विभिन्न अन्तरवार्तामा माफी मागेका थिए ।

‘पेनाल्टीसंगै धेरैको भरोसा गुमाए । अब राम्रो खेल्दै फेरी विश्वास दिलाउनेछु । पेनाल्टी चुकाएको दबाबमा बस्ने छैन । थप मेहनत गर्नेछु । अफगानिस्तानविरुद्ध पेनाल्टीका निम्ति माफ गर्नुहोला । अर्को पटक पक्कै गोल गर्नेछु ।’ रोहितले त्यसबेला समर्थकहरुसँग माफी माग्दै भनेका थिए ।

नेपाललाई हराउँदै फाइनल पुगेको अफगानिस्तानले उपाधि समेत जित्यो । भारतमाथि २–० जित निकाल्दै अफगानिस्तानले दक्षिण एसियामा आफ्नो प्रभुत्व कायम राखेको थियो ।

यसबीच रोहितले करियरमा निकै उतार चढाव ब्यहोरे ।

सो घटनापछि उनी सामान्य बन्न धेरै कोशिश गरे । मैदानमा आफुलाई केन्द्रित गरे । अभ्यासमा धेरै मेहनत गरे । त्यो घटनाबाट बाहिर निस्कन उनले धेरै मेहनत गर्नुपरेको थियो ।

रोहित अहिले राष्ट्रिय फुटबल टिमको प्रमुख खेलाडी बनेका छन् । एसियामा बलियो मानिने इन्डोनेसियाको लिग खेल्छन् । राष्ट्रिय टिमलाई आफ्नो अनुभव र सिनियरको हिसाबले अघि बढाइरहेका छन् ।

नेपाली टिम साफ फुटबल खेल्न माल्दिभ्समा छ । घरेलु टोली र डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई हराउँदै नेपालले प्रतियोगिताको विजयी सुरुवात गरेको छ । नेपाल पहिलो साफ उपाधिको लक्ष्यमा छ ।

यदी नेपालले साफ जित्छ भने रोहितको प्रर्दशन पक्कैपनि उत्कृष्ट हुनुपर्नेछ । रोहित त्यसका लागि तयार देखिन्छन् ।

विगतको गल्तीलाई सच्चाउने एक अवसर रोहितसँग छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोहितले इन्डोनेशियाली क्लब छाडे
रोहितले इन्डोनेशियाली क्लब छाडे
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP