• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सेरिफ : अपरिचित राष्ट्रको च्याम्पियन्स लिग टिम
खेलपाटी संवाददाता
बिहीबार, असोज १४, २०७८ खेलपाटी संवाददाता
सेरिफ : अपरिचित राष्ट्रको च्याम्पियन्स लिग टिम

काठमाडौं । १३ पटकको युरोपियन च्याम्पियन रियल मड्रिडलाई च्याम्पियन्स लिग अन्तर्गत समूह चरणमा सनसनीपूर्ण रुपमा पराजित गरेपछि  सेरिफ टिरासपोलको चर्चा चुलिएको छ ।

यससँगै  ट्रान्स—डनिस्टर (ट्रान्सनिस्ट्रीयाको रुपमा समेत चिनिने) देशको पनि चर्चा परिचर्चा सुरु भएको छ । सेरिफ ट्रान्स—डनिस्टरको एक सफल फुटबल क्लब हो ।

ट्रान्स—डनिस्टरको राजधानी टिरासपोलमा अझै पनि पूर्व सोभियत संघको हथौडा र सिकल आकृति गर्व पूर्वक बिलवोर्ड र सरकारी भवनहरुमा प्रदर्शित छ । लेनिनको एक विशाल मूर्ति संसदबाहिर देखिन्छ, जुन सोभियतसँगको गर्व र अतितसँग जोडिएको छ ।

र, अहिले वर्तमानले पनि यसलाई गौरव गर्न लायक क्षण प्रदान गरेको छ ।

सेरिफले मंगलबार सान्टियागो बर्नाबाउमा रियललाई २-१ ले पराजित गर्यो जुन च्याम्पियन्स लिगको सबै भन्दा ठूलो सनसनीपूर्ण नजिता हो ।

सेरिफको यो युरोपको सबैभन्दा ठूलो क्लब प्रतियोगितको पहिलो सिजन हो र समूह चरणको दुई खेलमै शतप्रतिशत नतिजा निकालेको छ । यस अघि शख्तर डोनेस्कलाई २—० ले पराजित गरेको थियो ।

Image

खासमा सेरिफ युरोपेली फुटबलमा अपरिचित नाम थियो । र, च्याम्पियन्स लिगको इतिहासमै पहिलो पटक युरोपको अपरिचित डि फ्याक्टो रिपब्लीक (अन्तर्राष्ट्रिय मान्यता प्राप्त नगरेको) मा आयोजना भएको हो ।

अन्तर्राष्ट्रिय कानूनमा युक्रेनसँग सिमाना जोडिएको ट्रान्स—डनिस्टर सोभियतसँग विघटन भएपछि सन् १९९१ मा बनेको मोलडोभा अन्तर्गत पर्छ ।

सन् १९९२ मा रुससमर्थित विद्रोहीहरुले यहा युद्ध लडे र जब यो अन्त्य भयो हजारौ मानिसको मृत्यु भइसकेको थियो भने मोलडोभाको डनिस्टर खोलाको पूर्व क्षेत्रलाई स्वयम रुपमा नया देशको रुपमा स्थापना गरियो जसले अहिले पनि अन्तर्राष्ट्रिय मान्यता पाएको छैन् ।

ट्रान्स—डनिस्टरले मोलडोभासँगको स्वतन्त्रतालाई गम्भिर रुपमा लिन्छ र यसले आफ्नै पैसा समेत प्रयोग गर्छ जसलाई अन्यत्र मान्यता दिइएको छैन ।

यो क्षेत्र भ्रष्टाचार, संगठित अपराध र तस्कारीका लागि प्रख्यात छ । र, यसलाई कतिपयले तस्करहरुको स्वर्गको रुपमा समेत उपमा दिएका छन् ।

च्याम्पियन्स लिगमा डेब्यु गरेको सेरिफले मोलडोभाको फुटबल लिगमा सन् १९९९ बाट खेल्दै एकछत्र राज गर्दै आएको छ । यो क्लब सेरिफ कम्पनीबाट संचालित छ ।

सेरिफ कम्पनीको वार्षिक कारोबार राज्यको  बजेटको लगभग दोब्बर छ र क्लबले कम्पनीको संचित कोषबाट रकम प्राप्त गर्दछ ।

शीर्ष डिभिजनका अन्य क्लबले भाडाको मैदानमा खेल्छन भने सेरिफको दुई सय मिलियन अमेरिकी डलरमा निर्मित आफ्नै खेलमैदान रहेको छ । उसले लिगमा सहभागि भएयता २२ मध्ये २० उपाधि जितेको छ ।

खासमा सेरिफले विरलै स्थानीय खेलाडीमाथि भर परेको छ । मालडोभाको फुटबल संघले घरेलु खेलाडीको कोटा हटाएपछि क्लबहरु विदेशी खेलाडी भित्र्याउन स्वतन्त्र छन् ।  

सेरिफ क्लबले दक्षिण अमेरिका र अप्रिकी खेलाडीहरु भित्र्याएका छन् । च्याम्पियन्स लिगको पहिलो प्ले अफमा डिनामो जागरेबमाथिको जितका क्रममा सेरिफमा ११ जना मध्ये १० जना गत वर्षको युरोपियन लिग अघिकै खेलाडी हुन् । 

Image

सन् २०१९ मा क्लबमा ११ जना खेलाडी मोलडोभाको पासपोर्टधारी थिए भने यस सिजनमा जम्मा ६ जना रहेका छन् । च्याम्पियन्स लिगमा खेल्ने क्लबका खेलाडीहरु मलावी, ट्रिनिडाड एण्ड टोबागो, उज्वेकिस्तान, घाना, ब्राजिल, लक्जम्वर्ग र पेरुका खेलाडी छन् ।

हाल सेरिफ क्लब यति बलियो छ कि उसलाई मालडोभको लिगमा कुनै पनि क्लबले निकट भविष्यमा पछि पार्न सक्नेछैन ।

गत संस्करणको लिगमा सेरिफ ३६ मध्ये ३२ वटा खेल जितेको थियो भने एउटा खेलमा मात्र पराजय भोगेको थियो र उसले लिग १६ अंकको अन्तरले जितेको थियो ।

अबको आशा यो छ कि सेरिफको च्याम्पियन्स लिग अन्तर्गतको रियल मड्रिड र इन्टर मिलानको भ्रणमले उत्साहित तुल्याउनेछ ।

Image

- बीबीसीको सहयोगमा

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP