काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा साविक विजेता चेल्सी पराजित भएको छ ।
समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी इटालियन क्लब युभेन्ट्ससँग पराजित भएको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको किएसाले निर्णायक गोल गरे ।
फेडेरिकोले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए । जुन गोल खेलको निर्णायक गोल रह्यो ।

चेल्सीलाई हराएसँगै युभेन्ट्सले २ खेलमा ६ अंक जोडेको छ । युभेन्ट्स समूह एचको शीर्ष स्थानमा रहेको छ ।
चेल्सी २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
