काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बायर्नले डिनामो किभलाई ५-० गोल अन्तरले पराजित गरेको छ ।
बायर्नको एकतर्फी जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।
यस्तै सर्ज जिनाब्री,लोरी साने एरिक म्याक्सिम मोटिङले एक एक गोल गरे ।
घरेलु मैदानमा खेलको १२ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
२७ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न २-० ले अघि रह्यो ।

खेलको ६८ औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए ।
७४ औं मिनेटमा सानेले गोल गर्दा टिमको अग्रता ४-० को बन्यो ।
त्यसपछि खेलको ८७ औं मिनेटमा मोटीङले गोल गर्दै बायर्नलाई ५-० को जित दिलाए ।
जितसँगै समूह ई को बायर्नले २ खेलमा ६ अंक जोडेको छ ।
बायर्न शीर्ष स्थानमा रहेको छ ।
किभले २ खेलमा १ अंक जोडेको छ ।