काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग क्लब मछिन्द्र एफसी र स्काई गोल्स फुटसल सेन्टरबीच साझेदारीको लागि सम्झौता भएको छ ।
मछिन्द्रले फुटसलमा पार्टनर क्लबको रुपमा स्काईसँग साझेदारी गरेको हो ।
मछिन्द्रले बुधबार स्काईसँग साझेदारी भएको जनाएको छ ।
स्काई पोखरामा आयोजना हुने राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा सहभागिता जनाउने टिम हो ।
पोखराको बहूदेशीय कभर्डहलमा फुटसल लिग असोज २ गतेदेखि असोज २२ गतेसम्म आयोजना हुनेछ ।
लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।