भाटभटेनी ग्रुप क्रिकेट टिमको अपेरियल पार्टनर
-1758862566911.png&w=3840&q=75)
काठमाडौं। भाटभटेनी ग्रुप राष्ट्रिय क्रिकेट टिमको आधिकारिक अपेरियल पार्टनर बनेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले भाटभटेनी ग्रुपलाई क्रिकेट टिमको आधिकारिक अपेरियल पार्टनरको रूपमा सार्वजनीक गरेको छ। क्यानसँग जोडिएको भाटभटेनीले राष्ट्रिय क्रिकेट टिमलाई अन्तर्राष्ट्रिय ब्रान्ड टी टेनको जर्सी उपलब्ध गराउनेछ।
टी टेन ब्रान्डको नेपालको आधिकारिक बिक्रेता भाटभटेनी होल्डिङ्स रहेको छ। नेपालभरका स्टोरबाट भाटभटेनीले टी टेन ब्रान्ड नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।
सम्झौता अनुसार भाटभेटनीले राष्ट्रिय टिमदेखि उमेर समूहका सम्पूर्ण अन्तराष्ट्रिय प्रतियोगितामा क्यानलाई टी टेन अपेरियल उपलब्ध गराउनेछ।
भाटभटेनी होल्डिङ्सका बिजनेश हेड आलोक जोशीले राष्ट्रिय क्रिकेट टिमलाई सहयोग गर्न पाउँदा खुसी ब्यक्त गरे। ‘देशको खेलकुदलाई सपोर्ट गरौं भन्ने उद्धेश्य सधैनै रहदै आएको छ। अब सबै उमेर समुहको क्रिकेट टिमका खेलाडीसँग अन्तराष्ट्रिय ब्राण्ड टी टेनलाई जोड्न पाउँदा खुसी छौं। उनले भने।’ नेपालको राष्ट्रिय क्रिकेट टिमको फ्यान जर्सी चाँडैनै भाटभटेनीका स्टोरहरुमा पाउन सकिने जोशीले बताए।
नेपालको रिटेन बिजनेशको सबैभन्दा ठूलो कम्पनी भाटभटेनी समूहले खेलकुदमा समेत आफुलाई अग्रणी स्थानमा राखेर विभिन्न पक्षसँग सहयोग र सहकार्य गर्दै आएको छ।