सेमिफाइनलबाटै बाहिरियो नेपाल
२०२५ सेप्टेम्बर २५, बिहिबार

काठमाडौं। नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ।
कोलम्बो रेसकोर्समा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा साबिक विजेता भारतसँग ३–० ले पराजित हुँदै नेपाल अन्तिम चारबाट बाहिरिएको हो।
भारतको जितमा गुनलेइबा वाङखेरकपाम, अजलान शाह र डाइमन्ड सिंह थोक्चोमले गोल गरे। पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो।
तर, ६१औं मिनेटमा वाङखेरकपामको गोलमार्फत भारतले सुरुआती अग्रता लिएको थियो। ८०औं मिनेटमा अजलानले अग्रता दोब्बर बनाए।
इन्जुरी समयको चौथो मिनेटमा थोक्चोमले गोल गर्दै ३–० को सहज जित दिलाए।