प्रीतिको टोलीको पहिलो जित
-1758850067098.jpeg&w=3840&q=75)
काठमाडौं। रोजबहान फ्राइजको निर्णायक गोलसँगै नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसम्मिलित अल–इत्तिहादले जोर्डन प्रिमियर लिगमा पहिलो जित हात पारेको छ।
किङ अब्दुल्लाह गार्डेन रंगशालामा बिहीबार राति सम्पन्न दोस्रो खेलमा अल–इत्तिहादले निशामी फ्युचरलाई १–० ले पराजित गरेको हो।
यस जितसँगै इत्तिहाद ४ अंकसहित लिगको शीर्ष स्थानमा पुगेको छ। पहिलो खेलमा अर्थोडक्सविरुद्ध १–१ को बराबरी खेलेको टोलीले दोस्रो खेलमा जित निकाल्दै अंक तालिकामा अग्रता लिएको हो।
खेलको सुरुदेखि नै इत्तिहादले बलमा नियन्त्रण कायम राख्यो। ३०औं मिनेटमा फ्राइजको गोलमार्फत अग्रता लियो। उनले दुईपटकको प्रहारपछि बललाई जाली चुमाइन्।
दोस्रो हाफमा पनि इत्तिहादले खेलमा नियन्त्रण राख्यो र थप आक्रमण गरिरह्यो। यस क्रममा क्यानाडा टिटीले लीना साहिबको स्थान लिइन्। निरन्तर दबाबका बीच अन्तिमसम्म थप गोल नभए पनि फ्राइजको गोलमै टोलीले जित सुनिश्चित गर्यो।
इत्तिहादले अब नोभेम्बर ४ (अक्टोबर) स्थानीय समयअनुसार शनिबार साँझ ७ बजे इन्डिपेन्डेन्ससँग खेल्नेछ।