शुक्रबार, असोज १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. बुस्केट्सले घोषणा गरे सन्न्यास

बुस्केट्सले घोषणा गरे सन्न्यास

२०२५ सेप्टेम्बर २६, शुक्रबार

बुस्केट्सले घोषणा गरे सन्न्यास

काठमाडौं। लामो समयदेखि चर्चा हुँदै आएको कुरा अन्ततः सत्य साबित भएको छ। इन्टर मियामी तथा स्पेनिस मिडफिल्डर सर्जियो बुस्केट्सले शुक्रबार सन्न्यासको घोषणा गरेका छन्।

बिहान भिडियो सन्देशमार्फत ३७ वर्षीय बुस्केट्सले यो घोषणा गरेका हुन्। उनले अमेरिकी मेजर सकर लिग (एमएलएस)को चालु सिजन सकिएपछि फुटबलबाट बिदा लिने भएका छन्।

इन्टर मियामीका तर्फबाट खेलिरहेका बुस्केट्सले भिडियोमा भनेका छन्,‘मैदानमा बिताउने मेरा अन्तिम केही महिना हुन्। म निकै खुसी छु, गर्वित छु र सबैभन्दा ठूलो कुरा कृतज्ञ भएर सन्न्यास लिँदैछु। सबैलाई धन्यवाद र फुटबललाई धन्यवाद।’

२००८ मा बार्सिलोनाबाट डेब्यू गरेका बुस्केट्सले करिब दुई दशक लामो करिअरमा ८०० भन्दा बढी क्लब र १४३ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनको उपलब्धिमा ३६ ट्रफी छन्। त्यसमा ९ ला लिगा उपाधि, ३ वटा युइएफए च्याम्पियन्स लिग र २०१० को विश्वकप पनि पर्छ।

पेप ग्वार्डियोलाको नेतृत्वमा बार्सिलोनामा डेब्यु गरेका बुस्केट्स डिफेन्सिभ मिडफिल्डरका रूपमा समयका उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छन्। उनको शान्त स्वभाव, बल कन्ट्रोल र सटीक पासिङले उनलाई अलग्गै पहिचान दिलायो।

२०२३ मा बाल्यकालीन साथी लिओनल मेसीसँग पुनः एक हुन बुस्केट्स इन्टर मियामी पुगेका थिए। बिदाइ सन्देशमा उनले बार्सिलोना, स्पेन राष्ट्रिय टोली, इन्टर मियामी, आफ्ना सहकर्मी र समर्थकप्रति आभार प्रकट गरे। साथै, विशेष धन्यवाद उनले श्रीमती एलेना गालेरा र सन्तानलाई दिए।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तिलोत्तमा क्रिकेट लिगको उद्घाटन खेलमा बुटवल डायनामाइट र विश्व लायन टर्टल्स भिड्ने

तिलोत्तमा क्रिकेट लिगको उद्घाटन खेलमा बुटवल डायनामाइट र विश्व लायन टर्टल्स भिड्ने

४१ वर्षपछि फाइनलमा भारत र पाकिस्तानको भेट

४१ वर्षपछि फाइनलमा भारत र पाकिस्तानको भेट

गिलका उपकप्तान जाडेजा

गिलका उपकप्तान जाडेजा

Bhat Bhateni
लियोनी करिब एक वर्षसम्म मैदान बाहिर रहने

लियोनी करिब एक वर्षसम्म मैदान बाहिर रहने

बुस्केट्सले घोषणा गरे सन्न्यास

बुस्केट्सले घोषणा गरे सन्न्यास

तिलोत्तमा क्रिकेट लिगको उद्घाटन खेलमा बुटवल डायनामाइट र विश्व लायन टर्टल्स भिड्ने

तिलोत्तमा क्रिकेट लिगको उद्घाटन खेलमा बुटवल डायनामाइट र विश्व लायन टर्टल्स भिड्ने

भाटभटेनी ग्रुप क्रिकेट टिमको अपेरियल पार्टनर

भाटभटेनी ग्रुप क्रिकेट टिमको अपेरियल पार्टनर

पूर्णिमासहित ३५ खेलाडीलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइयो

पूर्णिमासहित ३५ खेलाडीलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाइयो

रियलसँग अंक दूरी घटाउँदै बार्सिलोना

रियलसँग अंक दूरी घटाउँदै बार्सिलोना

४१ वर्षपछि फाइनलमा भारत र पाकिस्तानको भेट

४१ वर्षपछि फाइनलमा भारत र पाकिस्तानको भेट

प्रीतिको टोलीको पहिलो जित

प्रीतिको टोलीको पहिलो जित