तिलोत्तमा क्रिकेट लिगको उद्घाटन खेलमा बुटवल डायनामाइट र विश्व लायन टर्टल्स भिड्ने
२०२५ सेप्टेम्बर २६, शुक्रबार

बुटवल। तिलोत्तमा क्रिकेट लिग (टिसीएल) को उद्घाघाटन खेलमा बुटवल डायनामाइट र विश्व लायन टर्टल्स भिड्ने भएका छन्।
आयोजक तिलोत्तमा क्रिकेट विकास समितिले फ्रेन्चाइज आधारित टी–२० क्रिकेट लिगमा कुल ६ टोलीले प्रतिस्पर्धा गर्ने छन्। अक्सनमार्फत प्रत्येक टोलीले समान १४ गरी ८४ खेलाडीलाई अनुबन्ध गरिसकेका छन्। यी दुईबीचको खेल असोज १९ गते हुनेछ।
यी दुईबाहेक द रिभाइभलियन्स, खेलसिकी ओर्कास, नेपथ्य ईगल र टोली पि२ केडीले प्रतियोगितामा सहभागिता जनाउने छन्।
प्रतियोगिताका सम्पूर्ण खेल एक्स्ट्राटेक ओभल क्रिकेट ग्राउन्डमा हुनेछ।