डानियल फाइनलमा
शनिबार, २६ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । रुसका डानियल मेदभेदेब युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्।
शुक्रबार राति भएको पहिलो सेमिफाइनलमा क्यानडाका फेलिक्स अगरलाई हराउँदै डानियल उपाधि नजिक पुगेका हुन् ।
दोस्रो वरीयताका डानियलले फेलिक्समाथि ६-४,७-५ र ६-२ को सेटमा पराजित गरे।
अब उनले उपाधिका लागि नोभाक जोकोभिच र एलेक्सजेन्डर ज्वेरभबिचको विजेतासँग खेल्ने छन् ।





-1776255486335.jpeg&w=3840&q=75)


-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)




