उपाधिका लागि राडुकानु र फर्नान्डेज भिड्ने
शुक्रबार, २५ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । बेलायती खेलाडी एम्मा राडुकानु युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन्।
शुक्रबार भएको सेमिफाइनलमा ग्रीसकी मारिया सक्कारीलाई पराजित गर्दै राडुकानु फाइनलमा पुगेकी हुन्।
१८ वर्षिया राडुकानुले सक्कारीलाई ६-१ र ६-४ को सेटमा हराईन्।
टिनेज खेलाडी राडुकानु पहिलो पटक युएस ओपनको फाइनलमा पुगेकी हुन्।
अब राडुकानुले उपाधिका लागि क्यानडाकी लेला फर्नान्डेजसँग खेल्ने छिन् ।
फर्नान्डेजले आर्यना सबालेन्कालाई ७-६ (७-३), ४-६ र ६-४ को सेटमा पराजित गरिन् ।
१९ वर्षिया फर्नान्डेज पहिलो पटक युएस ओपनको फाइनल पुगेकी हुन्।







1686853912-1760864621059.avif&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)



-1767081985409.jpeg&w=3840&q=75)
