आईटीएफ एसियामा पाँच खेलाडी सहभागी हुने
काठमाडौं । आईटीएफ एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार पाकिस्तानको इस्लामाबाद जाँदैछन् ।
सेप्टेम्बर १३ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले भाग लिने छन् । पुरुषमा बोरिस अधिकारी, निशाद जोशी र दर्सिल श्रेष्ठ तथा महिलामा शिभाली गुरुङ र मान्सा कँडेल रहेका छन् । प्रशिक्षकमा कृष्णराज घले छन् ।
अभिभावकहरु विमला भण्डारी क्षेत्री, रोविन जोशी, नवीन श्रेष्ठ, सिमान्त गुरुङ र पर्शराम कँडेलपनि टोलीसंगै पाकिस्तान जाने छन् ।
उक्त प्रतियोगिता नोभेम्बर २२ तारिखदेखि ताजकिस्तानमा हुने एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनको फाइनलका दक्षिण एसियाली छनोटका रुपमा रहेको छ । पुरुष÷महिलामा शीर्ष दुई स्थान हात पार्ने राष्ट्रले ताजाकिस्तानको यात्रा सुनिश्चित गर्ने छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र उपाध्यक्ष केशवराज पाण्डेले बिहीबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)