जोकोभिच क्वाटरफाइनलमा
मंगलबार, भदौ २२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
मंगलबार बिहान भएको चौंथो चरणमा अमेरिकाका जेनसन ब्रुक्सबीलाई पराजित गर्दै जोकोभिचले क्वाटरफाइनलको यात्रा गरेका हुन्।
पहिलो सेट गुमाएको सर्बियन जोकोभिचले पुनरागमन गर्दै जित निकालेका हुन् ।
उनले जेनसनमाथि १-६,६-३,६-२ र ६-२ को सेटमा जित निकाले।
३४ वर्षीय जोकोभिच कीर्तिमानी २१ पटक ग्रान्डस्लाम जित्ने योजनामा रहेका छन् ।
अब जोकोभिचले क्वाटरफाइनलमा इटालीका माटियो बेरेट्टीनिसँग खेल्ने छन् ।
छैटौं वरीयताका माटियोले ओस्कार ओट्टीलाई ६-४,३-६,६-३ र ६-२ ले पराजित गरे ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)