युएस ओपनबाट बाहिरीइन् साविक विजेता ओसाका
शनिबार, भदौ १९, २०७८खेलपाटी संवाददाता

काठमाडौं। साविक विजेता नोआमी ओसाका युएस ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छिन्।
शनिबार भएको खेलमा क्यानडाका एन्नी फर्नान्डेजसँग पराजित हुँदै ओसाका बाहिरिएकी हुन्।
तेस्रो वरियताकी ओसाकाले पहिलो सेट जितेपनि त्यसपछिको सेट गुमाएकी थिइन्।
१८ वर्षिया क्यानेडियन खेलाडीमाथि ओसाकाले पहिलो सेटमा ७-५ ले जितेकी थिइन्। त्यसपछिको सेटमा ओसाका ७-६ (७-२) र ६-४ ले पराजित भईन् ।
महिलातर्फ नै जर्मनीका एन्जलिक केर्बेरले चौंथो चरणमा स्थान पक्का गरेकी छिन् ।
केर्बेरले अमेरिकी खेलाडी सलोनी स्टेफेन्समाथि ५-७,६-२ र ६-३ को सेटमा जित हात पारिन् ।
यस्तै स्पेनकी गार्बिन मुगुरुजा बेलारुसकी भिक्टोरिया एजेरिन्कालाई ६-४,३-६ र ६-२ को सेटमा हराएर चौंथो चरणमा पुगेकी छिन् ।
बेल्जियमकी एलिस मेर्टेन्सले पनि चौंथो चरणमा स्थान बनाएकी छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)