जोकोभिच र बार्टी तेस्रो चरणमा
शुक्रबार, १८ भाद्र २०७८खेलपाटी संवाददाता
काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन्।
शुक्रबार भएको खेलमा नेदरल्यान्ड्सका टालोन ग्रिएक्सपोरलाई पराजित गर्दै जोकोभिचले तेस्रो चरणको यात्रा गरेका हुन्।
सर्बियन जोकोभिचले टालोनमाथि ६-२, ६-३ र ६-२ को सेटमा पराजित गरे।
अब जोकोभिचले तेस्रो चरणमा जापानका केइ निसिकोरीसँग खेल्नेछन्।
महिलातर्फ विश्व नम्बर एक अस्लेइग बार्टीले तेस्रो चरणमा स्थान बनाएकी छिन्।
अष्ट्रेलियाकी बार्टीले क्लारा टाउसेनलाई ६-१ र ७-५ ले पराजित गरिन्।
अब बार्टीले सेल्बी रोजर्ससँग खेल्ने छिन्।







1686853912-1760864621059.avif&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


