जोकोभिच दोस्रो चरणमा
बुधबार, भदौ १६, २०७८खेलपाटी संवाददाता
काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन्।
बुधबार भियन भएको खेलमा डेनमार्कमा होल्गर रुनेलाई पराजित गर्दै जोकोभिचले दोस्रो चरणको यात्रा गरेका हुन्।
सर्बियन जोकोभिचले होल्गरमाथि ६-१, ६-७ (५-७),६-२ र ६-१ को सेटमा पराजित गरे।
यससँगै जोकोभिचले युएस ओपनमा १६ खेलमा अपराजित यात्रा कायम गरेका छन्।
अब जोकोभिचले दोस्रो चरणमा नेदरल्यान्ड्सका टालोन ग्रिएक्सपोरसँग खेल्नेछन्।
महिलातर्फ विश्व नम्बर एक अस्लेइग बार्टीले दोस्रो चरणमा स्थान बनाएकी छिन्।
अष्ट्रेलियाकी बार्टीले रुसकी भेरालाई ६-१ र ७-६ (९-७) ले पराजित गरिन्।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)