हालेप युएस ओपनको दोस्रो चरणमा
सोमबार, १४ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं। पूर्व विश्व नम्बर एक सिमोना हालेप युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छिन्।
रोमानियाकी हालेपले सोमबार राति इटालीका कामीला जोर्जीलाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएकी हुन्।
चोटबाट मुक्त हुँदै कोर्ट फर्किएकी हालेपले जोर्जीलाई ६-४ र ७-६ (७-३) को सेटमा पराजित गरिन्।
चोटको कारण हालेपले विम्बल्डन र फ्रेन्च ओपन गुमाएकी थिइन् ।
अब दोस्रो चरणमा हालेपले स्लोभाकियाकी क्रिस्टिनासँग खेल्ने छिन् ।
जर्मनीकी गार्बिन मुगुरुजा पनि युएस ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।







1686853912-1760864621059.avif&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


