• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
‘सी’ छनोटको तरङ्ग
हिम बिक्रम केसी
आइतबार, भदौ १३, २०७८ हिम बिक्रम केसी
‘सी’ छनोटको तरङ्ग

काठमाडौं । भदौरे झरी छ । एन्फा हेडक्वार्टरको कृतिम मैदानमा ‘सी’ डिभिजन लिग छनोट सुरु भएको छ ।

डिभिजन लिग फुटबलमा छिर्ने ‘गेट–वे’ हो, ‘सी’ छनोट ।

यहीँ छनोटबाटै कुनैपनि क्लबको डिभिजन फुटबलको यात्रा सुरु हुन्छ ।

एन्फाले प्रत्येक वर्ष डिभिजन फुटबल सञ्चालन गर्छ । फुटबलको चक्र लामो र कठिन छ । एउटा डिभिजन मात्र प्रभावित भए, पुरै चक्र बिग्रन्छ । 

कोभिडले गत वर्ष 'सी' छनोट भएन । सी मात्र हैन, कुनै डिभिजनको फुटबलनै भएन । कोभिडले अवस्था सहज भएपछि एन्फाले डिभिजन फुटबलका बाँकी खेल पूरा गर्यो । 'बी' डिभिजन अन्तिम चरणमा प्रभावित बनेको थियो, त्यो पूरा भयो । 'सी' डिभिजन सम्पन्न भयो ।

एन्फा नयाँ सिजनको फुटबल सुरु गर्दैछ । कोभिडको अवस्था सामान्य बनेको छैन । लाग्छ, जिन्दगी र फुटबल उस्तै हो । यो रोकिदैन । चल्नै पर्छ । नचले सकिन्छ ।

भन्नै परेन गत वर्ष 'सी' छनोट भएन । एन्फामा कर्माछिरिङ शेर्पा नेतृत्वको टिम आएपछि 'सी' छनोटलाई थोरै व्यवस्थित गर्यो । पहिलो सधै नकआउट हुन्थ्यो । अर्थात मात्र एक अवसर । हार्ने टिम सिधै घर फर्किहाल्थे । 

ठुलो तयारी गरेर काठमाडौं आएका मोफसलका टिमलाई दोस्रो अवसरनै हुन्थेन ।

शेर्पा नेतृत्वको टिम एन्फामा आएपछि 'सी' छनोट लिग कम नकआउटका आधारमा सुरु हुन थालेको छ । अब कम्तिमा एक खेल गुमाएपनि क्लबले अर्को अवसर पाउने छन् ।

May be an image of 5 people, people playing football, people standing and outdoors

एन्फा यसैपनि विवादमा आईरहने संस्था हो । कि यो आफै विवादमा आउँछ, नत्र जवर्जस्त विवादमा ल्याइन्छ । लाग्छ, एन्फामा विवाद अनिवार्य छ । एन्फाको विवादले फुटबल बदनाम छ । तर फुटबलप्रति आकर्षण नघटेको 'सी' छनोटको सहभागीताले देखाउँछ ।

यसवर्ष ७८ टिमले 'सी' छनोट खेल्दैछन् । सहभागी टिम २५ जिल्लाबाट आएका छन् ।

अचम्मको कुरा, बाजुरा, रामेछाप, रसुवा, ओखलढुङ्गाबाट टिमहरु आएका हुन् । यी तीनै जिल्ला हुन्, जो एन्फामा आबद्ध छैनन्, सदस्य हैनन् ।

'सी' छनोटमा सहभागी टिमको संख्या देखेर लिग कमिटीका निर्देशन सञ्जिव मिश्र दंग छन् ।

‘सी छनोटको सहभागीतालाई उत्साहजनक रुपमा लिएको छ । विषम परिस्थिती छ । देश गाह्रो अवस्था छ । तर छनोट खेल्ने टिमको संख्याले खुसी बनाएको छ ।’ मिश्रले खेलपाटीसँग भने ।

यसअघि 'सी' छनोटमा १५ जिल्लाका ३८ टिम आएका थिए । यसपटक २५ जिल्लाबाट ७९ टिम दर्ता भए । नकआउट ढाचामा 'सी' छनोट हुन थालेपछि सबैभन्दा धेरै सहभागीता यसैपटक देखिएको हो ।

‘सी छनोटबाटै लिगलाई व्यवस्थित गर्दै लैजाने विषयमा एन्फाले लिग कमिटीलाई अधिकार दिएको थियो । जुन किसिमले सोचेको थिए, त्यही अनुसार कार्यान्वयन गर्न पाएका छौं ।’ मिश्र भन्छन्, ‘अब ७ प्रदेशबाट टिम आएको छ । राष्ट्रिय लिगकै सोच अनुसार भैरहेको छ ।’

May be an image of 11 people, people standing and text that says 'RTYR MEMOR QU LEAGUE ERS 17元 14 12 12'

एन्फाका सदस्य जिल्ला ४८ छन् । वर्षेनी एन्फाले लाखौं रुपैयाँको कार्यक्रम प्रत्येक सदस्य जिल्लामा खर्च गर्छ । तर जिल्लाको निष्किृयता र सी छनोटको केन्द्रियताले धेरै टिम काठमाडौं आएर प्रतिस्पर्धा गर्नै सक्दैनन् । यसपटक छनोट खेल्न ओखलढुङ्गा, बाजुरा, रामेछाप, रसुवाबाट टिम आएका छन् । यी जिल्लालाई एन्फाको सदस्यता छैन ।

‘सदस्य जिल्ला समेत नभएका स्थानबाट खेल्न आउनु उत्साहजनक कुरा हो । नेपाली फुटबललाई पुरै देशमा लैजानपर्छ भन्ने सन्देशका लागि यसलाई सार्थक बनाउनुपर्छ । बाजुराबाट आएको टिमलाई कसरी सम्बोधन गर्ने भन्ने प्रश्न हामीमाथि छ ।’ नेपालको डिभिजन फुटबलका निर्देशक मिश्र भन्छन् ।

'सी' छनोट करिब २ महिना चल्छ । एन्फाका अनुसार झण्डै १७ सय खेलाडी सहभागी हुन्छन् । प्रत्येक समूहबाट छनोट भएर टिम नकआउटमा जान्छन् । नकआउट पुग्ने २० टिमले झण्डै ३ देखि ४ महिना फुटबल खेल्ने मिश्र बताउँछन् । प्रदेश स्तर छनोट प्रतियोगिता आयोजना गर्दा सहभागी संख्या बढ्ने एन्फाको बुझाई छ ।

‘अब प्रतियोगितालाई अर्को वर्ष तीन÷चार वटा प्रदेशमा लैजाने सोचेका छौं । त्यसो गरेको खण्डमा झण्डै ४–५ सय वटा क्लबको सहभागीता हुने देखिन्छ ।’ मिश्र भन्छन् ।

घरेलु फुटबल दुई लिग फुटबल प्रयोगमा छ । 'ए' डिभिजन र फ्रेन्चाईज लिग ।

फ्रेन्चाईजले कुनै डिभिजनको मान्यता पाएको छैन । यसको अर्थ शीर्ष डिभिजनको फुटबल खेल्ने एउटामात्र बाटो भनेको सी छनोट हो । त्यसैले पनि फुटबलमा सम्भावना, भविष्य र केही गर्न खोज्नेका लागि एउटै विकल्प हो । तर देश संघीयतामा गएपनि फुटबलमा केन्द्रियताको सोच यथावतनै छ । सी छनोट खेल्न काठमाडौंनै आउनुपर्ने बाध्यता सहभागी टिममाथि छ ।

May be an image of 11 people, people sitting and people standing

लिग निर्देशन मिश्र भने अहिलेको अवस्था अनुसार केही वर्षमै २–३ क्लबले शीर्ष डिभिजनको फुटबल खेल्ने दाबी गर्छन् ।

‘भौतिक संरचनाको अभावका कारण काठमाडौंमै खेलाउनुपर्ने बाध्यता छ । सहिद स्मारक लिगलाई राष्ट्रिय लिगको अवधारणा अनुसार होम एण्ड अवेका आधारमा खेलाउन सकेमा ५–६ वर्षमा 'ए' डिभिजनमा काठमाडौं बाहिरका कम्तिमा तीन क्लबहरु हुन्छन् ।’ उनी भन्छन् ।

'सी' छनोटबाट तीन टिम तेस्रो डिभिजनको फुटबल खेल्न योग्य हुनेछन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP