काठमाडौं । बायर्न म्युनिखले जर्मन कप फुटबलमा फराकिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा बायर्नले १० खेलाडीमा सिमित पाँचौं डिभिजन क्लब ब्रेमेर एसभीलाई १२-० गोल अन्तरले पराजित गरेको हो ।
बायर्नको जितमा एरिक म्याक्सिम मोटीङ एक्लैले चार गोल गरे । जमल मुसिलाले दुई गोल गरे ।
यस्तै लोरी साने, मलिक टिलम्यान, माइकल कुइसन्स, बोउना सार र कोरेन्टिन टोलिस्सोले एक एक गोल गरे । ब्रेमेरका जान वार्मले एक आत्मघाती गोल गरे ।

उगो मारियो रातो कार्ड पाएपछि ब्रेमेर ७६ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।
सन् १९९७ पछि बायर्नको यो दोस्रो सर्वाधिक ठुलो जित हो ।
२४ वर्ष अघि बायर्नले वाल्डवर्गमाथि १६-१ को जित निकालेको थियो ।
