आदिलको सानदार बलिङमा नेपाललाई ऐतिहासिक सिरिज
२०२५ सेप्टेम्बर २९, सोमबार: ०५:४१ अपराह्नAdmin User

काठमाडौं। आदिल अन्सारीको सानदार बलिङसँगै नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज आफ्नो बनाएको छ।
सोमबार सम्पन्न दोस्रो टी-२० आई खेलमा नेपाल ९० रनले विजयी भएको हो। योसँगै नेपालले २-० ले एक खेलअगाबै सिरिज आफ्नो बनाएको हो। नेपालले पहिलो खेलमा १९ रनको जित हात पारेको थियो। अब नेपालले सिरिज क्लिन स्वीप गर्न मंगलबार अन्तिम खेल खेल्नेछ।
नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको पाहुना टोली १७.१ ओभरमा ८३ रनमै रोकियो।
वेस्ट इन्डिजका जेसन होल्डरले सर्वाधिक २१ रन बनाए। १५ बल खेलेका उनले दुई छक्का प्रहार गरे।
अकिम अगुस्टेले २१ बल खेलेका उनले एक चौका र एक छक्कासहित १७ रन बनाए। अमीर जोन्गु १६ रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्।