काठमाडौं । इंग्लिस विंगर आरोन लेनोन प्रिमियर लिग क्लब बर्नली फर्किएका छन् ।
प्रिमियर लिग क्लब बर्नलीले बुधबार आरोन क्लब फर्किएको जनाएको छ ।
एक सिजन टर्किस क्लब केयसेरिस्पोरमा बिताएका उनी बर्नाली फर्किएका हुन् ।
३४ वर्षीय आरोनले टर्किस क्लबका लागि ३६ खेल खेलेका थिए ।
आरोनले सन् २०२० को सिजन बर्नली छाडेका थिए ।
त्यसअघि उनले बर्नलीमा दुई सिजन बिताएका थिए ।
आरोनले बर्नलीका दुई सिजन बिताउँदा ४१ प्रिमियर लिग खेलमा १ गोल गरेका थिए ।