काठमाडौं । इंग्लिस क्लब साउथह्याम्पटनले ब्राजिलियन डिफेन्डर लायान्कोलाई अनुबन्ध गरेको छ ।
साउथह्याम्पटनले इटालियन क्लब टोरिनोबाट डिफेन्डर लायान्कोलाई अनुबन्ध गरेको हो ।
२४ वर्षीय डिफेन्डरले साउथह्याम्पटनसँग चार वर्षको सम्झौता गरेका छन् ।
टोरिनोका लागि उनले ५३ खेल खेलेका थिए ।
लायान्को सन् २०१७ मा साओ पाओलोबाट टोरिनो आएका थिए ।
गत सिजन उनले २५ खेल खेलेका थिए ।
लायान्कोले ब्राजिलको उमेर समूहको टिमबाट खेलेका थिए ।
