• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
फस्टाउन नसकेको झापाको महिला फुटबल
नमीन ढकाल
सोमबार, भदौ ७, २०७८ नमीन ढकाल
फस्टाउन नसकेको झापाको महिला फुटबल

इलाम । पूर्वी झापा फुटबलको उर्वर भूमि हो । नेपाली फुटबलको झापाको प्रभाव र शान बेग्लै छ । क्लब होस वा राष्ट्रिय टोली, झापाका खेलाडीको कहिल्यै टुटेनन् ।

झापाका खेलाडी नभए डिभिजन लिगनै अपूर्ण जस्तै हुन्छ । तर झापामा पुरुषको तुलनामा महिला फुटबल निकै कमजोर रहेको देखिन्छ ।

विगत १० वर्षको राष्ट्रिय टोलीलाई हेर्दा तथ्य प्रष्ट हुन्छ । गोलरक्षक अस्मिता खवास बाहेक कुनै पनि महिला खेलाडीले राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेका छैनन् ।

उमेर समूहका राष्ट्रिय टोलीमा समेत झापाका महिला खेलाडी कमै मात्र प्रतिनिधित्व गरे । दुई वर्ष अघि यू-१९ राष्ट्रिय टोलीमा झापाकी मुना लावती थिइन् । उमेर हदका कारण उनी अहिले टिममा छैनिन् । केही वर्षअघि मनिष गिरी, मधु मुखिया, गोलरक्षक रञ्जु राजवंशी, खुस्मा राई लगायतले यु–१४ टोलीबाट खेलेका थिए । तर अहिले उनीहरु व्यवसायीक फुटबलमा छैनन् ।

खुस्माले गत वर्षको राष्ट्रिय महिला लिगमा विराटनगर महानगरपालिकाको टिमबाट खेलेकी थिइन् । मुना अहिले नेपाल पुलिस क्लबसंग आवद्ध छिन् । 

No description available.

राष्ट्रिय टोलीका खेलाडी प्राय विभागबाट छानिन्छन् । जिल्लाका सिमित खेलाडी बन्द प्रशिक्षणबाटै सिनियर टिममा पुग्छन् । तर लामो समयपछि यस वर्ष झापाकी कुसुम खतिवडाले प्रारम्भिक छनौट चरणमा स्थान बनाएकी थिइन् । गत वर्षको राष्ट्रिय लिगमा देखिएको प्रर्दशनका आधारमा उनी प्रारम्भिक टिममा परेकी थिइन् । तर खुदुनाबारीकी कुसुम दोश्रो चरणको २८ खेलाडीमा भने पर्न सकिनन् ।

‘झापाबाट राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने खेलाडी नभएका हैनन् । अवसर र प्रशिक्षणमा लगानी नहुँदा प्रतिभा बाहिर आउन सकेका छैनन् ।’ यु–१५ टिमका पुर्व गोलरक्षक प्रशिक्षक मीन बस्नेत भन्छन्, ‘पुरुष फुटबलको जसरी महिलाको फुटबल प्रतियोगिता र लगानी नहुँदा भएका क्लबहरु समेत सुस्ताएका छन् । झापामा महिला खेलाडी पारिवारिक समस्याका कारण आफै पनि मैदान उत्रन चाहेको देखिदैन ।’

महिला खेलाडीको प्रतिभा उजागर गर्न पुरुष टोलीसंगै प्रशिक्षणका लागि १८÷१९ जनालाई बोलाउदा मुस्किलले ५÷६ जना आउने गरेको तितो यथार्थ मीनले सुनाए ।

भुटानमा दुई वर्ष अघि भएको यू–१५ महिला साफमा झापाको मेचीनगर–६ का मीन गोलरक्षक प्रशिक्षक थिए । तर टोलीमा उनकै गृह जिल्लाका एक जना पनि खेलाडी थिएनन् ।

झापाका महिला टिमका प्रशिक्षक

झापामा महिला खेलाडी नभएपनि महिला टिमका प्रशिक्षक भने छन् । सिनियर टोलीलाई हरि खड्का र अस्मिता खवास तथा उमेर समूहको टोलीलाई मीन बस्नेतले प्रशिक्षण दिएका छन् । सचिन्द्र धिमाल प्रदेश–१ को टोलीका प्रशिक्षक समेत रहिसकेका छन् ।

मीन, अस्मिता र सचिन्द्र एउटै क्षेत्र मेचीनगर नगरपालिकाका हुन् । चन्द्रगढीका बासिन्दा राष्ट्रिय टोलीका पुर्व कप्तान हरि खड्काले सिनियर महिला टोलीलाई प्रशिक्षण दिएका छन् । उनले इतिहासमै पहिलो पटक भारतलाई उसकै घरेलु भुमीमा हराउदै हिरो कपको उपविजेता समेत बनाएका थिए ।

हरिकै प्रशिक्षणमा नेपाली टिमले किर्गिस्तानमा नायज्दा कपको फाइनल खेल्यो । पाँचौ साफ र तेह्रौ सागमा रजत पदक समेत जित्यो । भारतलाई पछि पादैै पहिलो पटक ओलम्पिक छनौटको दोश्रो चरण समेत खेल्यो । अहिले हरि महिला विभाग प्रमुख छन् । हरिकै प्रशिक्षणमा तेह्रौ साग, नायज्दा कपको टोलीमा मेचीनगरकी अस्मिता गोलरक्षक प्रशिक्षक थिइन् ।

अस्मिता चौथो साफको सहायक प्रशिक्षक समेत रहिसकेकी छिन् । उनले यू–१४, यू–१६ र यू–१९ टोलीलाई प्रशिक्षण दिइसकेकी छन् । तर हरि, मीन र अस्मिताकै गृह जिल्लाले राष्ट्रिय टोलीमा समेटिन सक्ने खेलाडी उत्पादन गर्न सकेको छैन । 

No description available.

परिवार बाधक

पछिल्लो समय झापामा महिला खेलाडी उत्पादनमा अग्रसरता देखिएको छ । तर छोरीलाई घर बाहिर पठाउन परिवार राजी नहुदा खेलाडी उत्पादन हुन नसकेको प्रशिक्षक एवम पूर्व राष्ट्रिय गोलरक्षक अस्मिता बताउँछिन् ।

‘झापामा महिला फुटबलको अधिक सम्भावना छ । नियमित प्रशिक्षण पाउने हो भने झापाका महिला खेलाडीले राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्न सक्छन् । तर अधिकांश फुटबलमा इच्छा राख्ने विद्यालय उमेर समूहका छन् । स्कुलबाट आएर फुटबल प्रशिक्षणमा जान परिवारले समेत सहमती दिदैनन् । त्यसैले पनि झापा महिला फुटबलमा कमजोर देखिएको हो ।’ अस्मिता भन्छिन् ।

‘झापामा प्रशिक्षक धेरै भएपनि परिवारलाई सहमत गराउन चासो नराख्दा महिला खेलाडीको कमी देखिएको हो । एएफसीको लाइसेन्स पाएका प्रशिक्षकलाई राष्ट्रिय टोलीको जिम्मा दिइएको छ । अन्यले प्रशिक्षण दिननै चाहेनन् ।’ उनले थपिन् ।

जिल्लामा पुरुषको जस्तो महिला फुटबलको प्रतियोगिता पनि नहुने र महिला फुटबल विकासका लगानी समेत नभएको अस्मिताको गुनासो छ ।

‘केही वर्ष अघिसम्म झापाको सालबारीमा मात्र सिमित महिला फुटबलले जिल्लाको प्रतिनिधित्व गर्दथ्यो । अहिले व्यक्तिगत प्रयासले जिल्लाभरी फैलिएको छ । ग्रामिण क्षेत्रमा समेत महिला खेलाडी उत्साहित छन् तर खेल्नुपर्छ भनेर प्रोत्साहन दिने छैनन् । यस बारेमा फुटबल संघ र अन्य सरोकारवालाले चासो राखेनन् ।’ उनले भनिन् ।

महिला फुटबल चिनाउने प्रयास

भर्खरै झापामा महिला फुटबल प्रतियोगिता आयोजना र खेलाडी उत्पादनमा चासो सुरु भएको छ । कनकाई नगरपालिकामा महिला फुटबल खेलाडीको टिमनै छ । स्थानीय सरकारले खेलाडी उत्पादनमा प्रशिक्षकको व्यवस्था गरेरनै अघि बढाएको छ । अर्जुनधारा नगरपालिकामा पारिजात फुटबल क्लबले महिला फुटबललाई प्रोत्साहन गर्न विगतका बर्षमा प्रतियोगिता समेत आयोजना गरेको थियो । शिवसताक्षी नगरपालिकामा समेत महिला टिम बनाएर आसपासका क्षेत्रमा हुने प्रतियोगितामा सहभागीता जनाउन सुरु भएको थियो । तर कोभिडका कारण अहिले महिलाको प्रतियोगिता प्रभावित छ ।

पूर्व गोलरक्षक अस्मिताको अग्रसरतामा चार वर्षअघि मेचीनगरमा सनसाइन महिला फुटबल क्लब स्थापना भएको थियो । छोटो समयमा क्लबले झापामा आयोजना भएका केही महत्वपुर्ण प्रतियोगिता समेत जित्यो । तर अस्मिता राष्ट्रिय टोलीको जिम्मेवारीसंगै वैवाहिक बन्धनमा बाधिएपछि खेलाडी उत्पादन प्रभावित बनेको छ ।

‘प्रशिक्षकको लाइसेन्स लिएर गृह जिल्ला झापा आएपछि सिनियरको सहयोगमा फुटबल खेल्ने इच्छा राख्नेलाई भेला पारेर सिकाउँदै आएको थिए । केही सम्भावनायुक्त खेलाडी समेत थिए । तर राष्ट्रिय टोलीको जिम्मेवारीसंगै जिल्लालाई समय दिन नपाएपछि अहिले उत्पादन शुन्य जस्तै छ ।’ अस्मिताले भनिन्, ‘विवाह गरेर सर्लाही गएपछि उत्पादन भएका खेलाडीलाई प्रशिक्षण दिने कोही नभएर क्लब अहिले निस्क्रिय भएको छ ।’

No description available.

महिलाको प्रतियोगितानै नियमित हुँदैन्

झापा जिल्ला रेफ्री संघका अध्यक्ष प्रदिप बस्नेतको अग्रसरतामा ६÷७ वर्ष अघि अर्जुनधारा नगरपालिकामा महिला खेलाडी उत्पादनको लागि क्लब स्थापना गरिएको थियो । सरोकारवाला निकायको चासो नदिदा पुरुषले जस्तै झापाको महिला फुटबलले गति लिन नसकेको बस्नेत गुनासो गर्छन् ।

‘२०४६ सालसम्म झापाका खेलाडी राष्ट्रिय टोलीमा समेत थिए । त्यसपछि ६० सालको मध्यतिर केहीले प्रतिनिधित्व गरेका थिए । अहिले शुन्य छ ।’ बस्नेतले भने, ‘महिला र पुरुष फुटबलमै पक्षपात छ । पुरुषका लागि एक पछि अर्को प्रतियोगिता हुन्छ, जिल्ला लिग हुन्छ तर महिलाको प्रतियोगिता नियमित नै छैन । कहिले कुनै वर्षमा १÷२ वटा हुन्छ, त्यो काफी हुँदैन ।’

बस्नेतका अनुसार झापामा १२ वटा महिला फुटबल टिम छन् । जसले झापा र आसपासका स्थानमा हुने केही सिमित खेलमा सहभागिता जनाउने गरेका छन् । जिल्ला फुटबल संघमा महिला क्लबको प्रतिनिधित्व नभएको कारण पनि झापा पछि परेको बस्नेतको बुझाई छ ।

‘फुटबल संघमा महिला फुटबल क्लबको समेत प्रतिनिधित्व हुने व्यवस्था भए उनीहरुको मागको सम्बोधन हुने थियो ।’ बस्नेतले भने ‘झापाका केही खेलाडी विभागबाट खेलेका समेत थिए । तर अहिले सम्झौता अवधि सकिएपछि दैनिक घर धन्दा गर्नुको विकल्प समेत रहेन ।’

नेपाली सेनाले हरेक वर्ष आयोजना गर्ने प्रधानसेनापती कप खेल्ने प्रदेश–१ को टोलीमा समेत झापाका खेलाडी बिरलै भेटिन्छन् ।

सातौ प्रधानसेनापती कपमा प्रदेशको टोलीका प्रशिक्षक रहेको धुलाबारीका सचिन्द्र धिमाल अवसर र पुर्व योजना नहुँदा झापाको महिला फुटबल खस्किएको बताउँछन् ।

‘फुटबल विकासमा कुनै पुर्व योजनानै छैन । प्रतियोगिता हुने बेलामा बटुलेका खेलाडीबाट सफलताको आश कति गर्ने ?’ सचिन्द्रले प्रश्न गरे ‘दुई–चार दिनको तयारीमा खेलाउदा सिक्किमलाई हराएका थियौ । त्यो टोलीमा दुई जना झापाका थिए । फुटबल संघलाई खेलाडी उत्पादनमा चासोनै छैन ।’

जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आले ‘मामा’ विद्यालय तहका विद्यार्थीलाई उत्प्रेरणा जगाउन लगानी नहुँदा झापा महिला फुटबलमा कमजोर देखिएको बताउँछन् ।

‘जिल्लामा बजेट कम हुन्छ केन्द्रले चासो देखाउँदैनन् । विद्यालय तहमा अध्ययन गर्नेलाई उत्प्रेरणा जगाउने कार्यक्रम आउने हो भने झापा पुरुष फुटबलमा मात्र हैन् महिला फुटबलमा पनि अब्बल देखिन्छ ।’ उनले भने, ‘पुरुष फुटबल जस्तो महिलालाई सहज छैन । परिवारले समेत आफ्ना छोरीलाई फुटबल खेल्न पठाउन राजी छैनन् ।’

महिला फुटबल विकासमा स्थानीय सरकारको समेत चासो बढेपछि खेलाडी उत्पादन हुँदै आएको उनले बताए । आलेका अनुसार यस वर्ष उपमेयर कपमा झापाबाट एउटा टोली सहभागिता जनाउनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP