एलेक्सजेन्डर र बार्टीलाई उपाधि
सोमबार, भदौ ७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मनीका एलेक्सजेन्डर ज्वेरभले सिनसिनाटी ओपन टेनिसको उपाधि जितेका छन् ।
आइतबार राति भएको फाइनलमा रुसका आन्द्रे रुभलेभलाई पराजित गर्दै एलेक्सजेन्डरले उपाधि जितेका हुन् ।
उपाधि जित्ने क्रममा एलेक्सजेन्डरले आन्द्रेलाई ६-२ र ६-३ को सेटमा पराजित गरे ।
टोकियो ओलम्पिकको स्वर्ण पदक विजेता एलेक्सजेन्डरले पहिलो पटक सिनसिनाटी ओपनको उपाधि जितेका हुन् ।
महिलातर्फको उपाधि विश्व नम्बर एक अष्ट्रेलियाकी अस्लेइग बार्टीले जितिन् ।
बार्टीले स्विट्जरल्यान्डकी जिल टेइचम्यानलाई ६-३ र ६-१ ले पराजित गरिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)