काठमाडौं । स्पेनिस क्लब सेभियाका अट्याकीङ मिडफिल्डर रोनी लोप्स ग्रीसको क्लब ओलम्पियाकोसमा अनुबन्धित भएका छन् ।
ओलम्पियाकोसले मिडफिल्डर रोनीलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
सेभियाले स्थायी खेलाडीको रुपमा अनुबन्धको लागि बिकल्प समेत दिएको छ ।
पोर्चुगिज खेलाडी रोनी सन् २०१९ मा सेभिया आएका थिए ।
सेभियाका लागि उनले ५ खेल मात्र खेलेका छन् ।
गत सिजन उनले निसबाट लोनमा खेलेका थिए ।
२५ वर्षीय मिडफिल्डरले पोर्चुगलका लागि दुई खेल खेलिसकेका छन् ।