नेपालले काभा वुमन्स नेसन्स लिग नखेल्ने
२०२५ सेप्टेम्बर ३०, मङ्गलबार: १२:४३ अपराह्नAdmin User
-1759236169122.avif&w=3840&q=75)
काठमाडौं। काभा वुमन्स नेसन्स लिग उज्वेकिस्तानमा हुने भएको छ।
प्रतियोगितामा चार टिम सहभागी हुने भएका छन्। नेपालले भने सहभागी नजनाउने भएको छ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकामा साबिक उपविजेता नेपालको भने नाम कतै छैन।
गत वर्ष त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।
यसपल्टको प्रतियोगिता १ देखि ५ अक्टोबरसम्म हुने तय छ। तर, प्रतियोगितामा गत वर्षको विजेता भारत र श्रीलंका पनि छैनन्। यसपल्ट घरेलु टोलीसहित कजाकिस्तान, इरान र ताजकिस्तानले सहभागिता जनाउने छन्।