काठमाडौं । मिडफिल्डर सुजल श्रेष्ठले मछिन्द्र क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
मछिन्द्रले मंगलबार सामाजिक सञ्जालमार्फत सुजलसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि सुजलको सम्झौता थप गरेको हो ।
नयाँ सिजनको ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।
मछिन्द्र पछिल्लो संस्करणको 'ए' डिभिजनको च्याम्पियन टोली हो ।
मछिन्द्रले पहिलो पटक शीर्ष डिभिजनको लिग जित्दा सुजल मुख्य खेलाडी रहेका थिए ।
यस अघि मछिन्द्रले अभिषेक रिजालसँगको सम्झौता नवीकरण गरेको थियो । त्यस्तै मनिष डाँगीलाई अनुबन्ध गरेको छ ।
