काठमाडौं । इटालियन क्लब रोमाले इंग्ल्यान्डका स्ट्राइकर ट्यामी अब्राहमलाई अनुबन्ध गरेको छ ।
रोमाले मंगलबार स्ट्राइकर अब्राहमलाई ४० मिलियन पाउण्डमा अनुबन्ध गरिएको जनाएको छ ।
२३ वर्षीय फरवार्डले रोमासँग ५ वर्षको सम्झौता गरेका छन् ।
अब्राहमले रोमामा ९ नम्बरको जर्सी लगाउने छन् ।
चेल्सीको एकेडेमीमा हुर्किएका अब्राहमले २०१६ मा सिनियर टिममा डेब्यु गरेका थिए ।
चेल्सीका लागि उनले ८२ खेलमा ३० गोल गरेका छन् ।
गत सिजन उनले चेल्सीका लागि २२ खेलमा ६ गोल गरेका थिए ।
चेल्सीबाट उनले च्याम्पियन्स लिग र यूईएफए सुपर कपको उपाधि जितेका थिए ।
