काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने जनाएको छ ।
छनोटको समूह 'एफ' मा रहेको नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ ।
यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ ।

छनोटका सबै खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।
एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।
छनोटका लागि नेपालले तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणमा २८ खेलाडी राखेका छन् ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी :
अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमिशा कार्की, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, अन्जली वाइबा, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना, हिमा चौधरी, हिरा भुजेल, इन्द्र राई, मनिषा राउत, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर , रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, शर्मिला थापा, सिर्जना सिंह