एजेन्सी । युरोपियन सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगिताको संस्थापक सदस्य रहेका ६ इंग्लिस क्लब फेरि युरोपियन क्लब एसोसियन (ईसीए) मा आबद्द भएका छन् ।
युरोपियन सुपर लिगबाट नाम फिर्ता लिदै ६ प्रिमियर लिग क्लबले पुन: ईसीएको सदस्यता लिएका हुन् । ईसीएले ६ क्लबले २०२३ सम्मको सदस्यता लिएको जनाएको छ ।
उक्त प्रतियोगितामा प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहम संस्थापक क्लबमा रहेका थिए ।
तर, प्रतियोगिताको चौतर्फी आलोचना भएपछि प्रिमियर लिगका सबै ६ क्लबले सुपर लिगबाट हात झिकेको थियो ।
यस्तै सुपर लिगको संस्थापक क्लबमा रहेका एट्लेटिको मड्रिड, इन्टर मिलान र एसी मिलानले पनि ईसीएको सदस्यता लिएका छन् ।
युरोपका १२ क्लबले आफ्नो नतृत्वमा रहने गरि युरोपियन सुपर लिगको घोषणा गरेका थिए ।
अब बार्सिलोना, रियल मड्रिड र युभेन्ट्स मात्र संस्थापक क्लबमा रहेका छन् ।