काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट १० खेलाडी बाहिरिएको जनाएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १० खेलाडीलाई बाहिर राख्दै २८ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।
प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा ५० खेलाडीलाई बोलाएका थिए ।
टिमबाट बाहिरिने विशाल सुनार, रन्दिप पौडेल, भरत खवास, जर्ज प्रिन्स कार्की, राजिब लोप्चन, सन्जोग राई, त्रिदेभ गुरुङ, रजिन धिमाल, सेसेहाङ आङ्देम्बे र बिक्रम लामा रहेका छन् ।
साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ ।
साफ च्याम्पियनसिप अघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु :
किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर,नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी,विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल, शिशिर लेखि