काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर कोर्टुवा थिवाउटले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
ला लिगा क्लब रियलले सोमबार गोलकिपरले सम्झौता नवीकरण गरेको जनाएको छ ।
बेल्जियमका गोलकिपरले क्लबसँग थप पाँच वर्ष क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।
अब कोर्टुवा सन् २०२६ को जुन ३० सम्म रियलमा रहने छन् ।
२९ वर्षीय गोलकिपर सन् २०१८ मा चेल्सीबाट रियल आएका थिए ।
रियलका लागि उनले १ सय ३० खेलमा ५२ क्लिन सिट निकालेका छन् ।
उनले रियलबाट ला लिगा, क्लब विश्वकप र सुपर कोपा जितिसकेका छन् ।
बेल्जियमका लागि उनले ८९ खेल खेलेका छन् ।
