काठमाडौं । आर्सनलका मिडफिल्डर ग्रानिट जाकाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
स्विट्जरल्यान्डका जाकाले सन् २०२५ सम्म क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेको फुटबल लण्डनले जनाएको छ ।
आर्सनलले भने औपचारिक रुपमा सम्झौताबारे केहि बताएको छैन ।
२८ वर्षीय जाका सन् २०१६ मा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाखबाट आर्सनल आएका थिए ।
जाकाले आर्सनलका लागि १ सय ६२ प्रिमियर लिग खेलमा ९ गोल गरेका छन् ।
युरोकप २०२० मा उनले स्विट्जरल्यान्डको कप्तानी गरेका थिए ।
स्वीजरल्याण्डका लागि उनले ९८ खेलमा १२ गोल गरेका छन् ।