फेडेरर लामो समय कोर्ट बाहिर रहने

काठमाडौं । स्विस टेनिस स्टार रोजर फेडेरर लामो समय टेनिस कोर्ट बाहिर रहने भएका छन् ।
फेडेररले सामाजिक संजालबाट आफु धेरै महिना खेल भन्दा बाहिर रहने बताएका छन् ।
घुँडाको चोटको शल्यक्रिया गर्ने तयारी गरेसँगै फेडेरर लामो समय खेल बाहिर रहने भएका हुन् ।
फेडेररले चोटको शल्यक्रिया गर्ने निर्णय गरेको र आफु धेरै महिना कोर्ट बाहिर रहने बताएका छन् ।
'म धेरै हप्ता बैशाखीमा हुनेछु र धेरै महिना खेलबाट बाहिर रहनेछु,' फेडेररले भनेका छन्, 'केहि गार्हो हुनेछ तर म स्वस्थ्य हुन चाहन्छु । म फेरि दौडन चाहन्छु ।'
२० पटकको ग्राण्डस्लाम विजेता फेडेररले चोटकै कारण टोकियो ओलम्पिक गुमाएका थिए ।
फेडेररले पछिल्लो पटक विम्बल्डन टेनिस खेलेका थिए ।
उनले युएस ओपन टेनिस गुमाउन सक्ने भएका छन् । युएस ओपन अगस्ट ३० बाट सुरु हुनेछ ।
फेडेररले चोटकै कारण टोरन्टो ओपन र सिनसिनाटी मास्टर्सबाट नाम फिर्ता लिएका थिए ।
४० वर्षीय फेडेररले गत वर्ष मात्रै दुई पटक घुँडाको चोटको शल्यक्रिया गरेका थिए ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)