काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले फ्रेन्च डिफेन्डर राफेल भरानलाई अनुबन्ध गरेको छ ।
युनाईटेडले शनिबार डिफेन्डर भरानलाई अनुबन्धित गरिएको जनाएको छ ।
युनाईटेडले स्पेनिस क्लब रियल मड्रिडबाट भरानलाई क्लब भित्र्याएको हो ।
२८ वर्षीय भरानले युनाईटेडसँग ४ वर्षको सम्झौता गरेका छन् ।
उनले युनाईटेडमा १९ नम्बरको जर्सी लगाउने छन् ।
अब भरान २०२५ सम्म युनाईटेडमा रहने छन् ।

भरान १० वर्ष रियलमा बिताएर इंग्लिस क्लबमा आबद्द भएका हुन् ।
सेन्टर ब्याक भरान २०११ मा लेन्सबाट रियल आएका थिए ।
रियलका लागि उनले ३ सय ६० खेल खेल्दै १७ गोल गरेका छन् ।
रियलका लागि उनले १८ उपाधि जितेका छन् ।
भरान फ्रान्सको विश्वकप विजेता टोलीका सदस्य हुन् ।
फ्रान्सले २०१८ मा विश्वकपको उपाधि जित्दा उनी टिमका महत्वपूर्ण खेलाडी थिए ।