कुशल 'प्लेयर अफ दी सिरिज'
२०२५ अक्टोबर १, बुधबार: ०५:४८ पूर्वाह्नAdmin User

काठमाडौं । कुशल भुर्तेल वेस्ट ईन्डिजविरुद्धको युनिटी कपको प्लेयर अफ दी सिरिज घोषित भएका छन् ।
सिरिजमा अलराउण्डर प्रर्दशन गरेका भुर्तेल प्लेयर अफ द सिरिज चुनिएका हुन् ।
वेस्ट ईन्डिजविरुद्धको सिरिजमा उनले ४७ रन बनाउनुका साथै ५ विकेट लिएका थिए । साथै उनले फिल्डिङमा उत्कृष्ट प्रर्दशन गर्दै ५ महत्वपुर्ण क्याच समाएका थिए ।
यही प्रर्दशनका आधारमा भुर्तेल प्लेयर अफ द सिरिज चुनिएका हुन् ।
यूईएमा खेलिएको वेस्ट ईन्डिजविरुद्धको तीन म्याचको सिरिज नेपालले २–१ ले जितेको छ । कुनैपनि टेष्ट राष्ट्रविरुद्ध नेपालले पहिलो सिरिज हात पारेको हो ।
