काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज (शनिबार) विभिन्न सात खेलहरु हुँदैछन् ।
प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाईटेड, लिभरपुल, चेल्सी, लेष्टर सिटी लगायतका क्लबको खेल रहेको छ ।
म्यानचेस्टर युनाईटेडले घरेलु मैदानमा लिड्स युनाईटेडसँग प्रतिस्पर्धा गर्नेछ । युनाईटेड र लिड्सबीचको खेल नेपाली समय अनुसार साँझ ५:१५ बजे सुरु हुनेछ ।
चेल्सीले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग खेल्नेछ । चेल्सी र क्रिस्टलबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।
यस्तै लेष्टर उल्भ्ससँग प्रतिस्पर्धा गर्दा एभर्टनले साउथह्याम्पटनसँग खेल्नेछ । बर्नलीले ब्राइटनसँग र वाट्फोर्डले एस्टन भिल्लासँग खेल्ने छ ।
लिभरपुलले नर्विच सिटीसँग प्रतिस्पर्धा गर्नेछ । नर्विचको मैदानमा हुने खेल राति १०:१५ बजे सुरु हुनेछ ।