• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
प्रिमियर लिग : सहभागी टिमको अवस्था कस्तो ?
खेलपाटी संवाददाता
शुक्रबार, साउन २९, २०७८ खेलपाटी संवाददाता
प्रिमियर लिग : सहभागी टिमको अवस्था कस्तो ?

काठमाडौं । विश्व क्लब फुटबलको सर्वाधिक लोकप्रिय इंग्लिस प्रिमियर लिगको नयाँ संस्करण आज शुक्रबारदेखि सुरु हुँदैछ ।

यसपल्टको लिगको सबैभन्दा ठूलो विशेषता रहेको छ, रंगशालामा पूर्णत दर्शकको प्रवेश । यस्तोमा लिगको रौनकता नै बेग्लै हुनेछ ।

धेरैको अनुमान के छ भने यसपल्टको लिग उपाधिमा खालि चार टिम हुनेछन् । ती हुन्, डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँगै म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सी । 

लिगमा सहभागी क्लबको स्थिति कस्तो छ त?

त्यसबारे हामीले छोटकरीमा विश्लेषण गर्ने प्रयास गरेका छौं र यसका लागि बेलायती पत्रिका मिररको सहयोग लिएका छौं ।  

आर्सनल

आर्सनलको यसपल्ट एकै मात्र उद्देश्य रहनेछ र त्यो हो, अंक तालिकाको शीर्ष चारमा प्रवेश पाउने । आर्सनलले च्याम्पियन्स लिगमा नखेलेको पनि पाँच सिजन भइसकेको छ । अहिले आर्सनलसँग त्यस्तो टिम छ, जसले शीर्ष चारका लागि चुनौती पेस गर्न सक्छ । तर यो पक्कै पनि सजिलो काम हुने छैन् । क्लबको प्रदर्शन कस्तो हुने हो, त्यो धेरै हदसम्म व्यवस्थापक मिखेल आर्टेटामा पनि भर पर्नेछ । उनी कत्तिका राम्रा प्रशिक्षक हुन्, त्यसमा कुनै शंका छैन् ।

एस्टन भिल्ला

एस्टन भिल्लाले आफ्ना प्रमुख खेलाडी रहेका ज्याक ग्रेलिसलाई कति धेरै गुमाएको महसुस गर्ने हो, त्यो हेर्न लायक हुनेछ । ग्रेलिसले म्यानचेस्टर सिटीलाई आफ्नो गन्तब्य बनाइसकेका छन् । त्यसो त उसले केही नयाँ खेलाडी पक्कै भित्र्याएको छ र त्यसमा प्रमुख नाम रहेको छ, ड्यानी इंग्स । भिल्लाले यसपल्ट युरोपा लिगको लक्ष्य राख्न सक्छ । तर भिल्लाले कमजोर सुरुआत लियो भने त्यो अन्त्यसम्म पनि क्लबका लागि संघर्ष गर्नु पर्ने बाध्यता बन्न सक्छ ।

ब्रेन्टफोर्ड

प्रिमियर लिगका लागि ब्रेन्टफोर्ड नयाँ हो भने ब्रेन्टफोर्डका लागि प्रिमियर लिग उत्तिकै नयाँ । निकै लामो समयपछि इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा फर्केको ब्रेन्टफोर्डसामु रहेको सबैभन्दा ठूलो चुनौती हो, के उसले आफूलाई रेलिगेसनबाट बचाउन सक्छ त ? पूरा सिजन लन्डनको यो क्लबका लागि यही चुनौती हुनेछ । यस सिजनको पहिलो खेल नै ब्रेन्टफोर्डको रहेको छ, त्यो पनि छिमेकी आर्सनलविरुद्ध । यो खेलले धेरै हदसम्म टिम के कस्तो छ, त्यो देखाउने छ ।

ब्राइटन

सबथोक आफूले चिताए जस्तै हुने हो भने सम्भवत: ब्राइटनले युरोपेली फुटबलका लागि चुनौती पेस गर्न सक्छ । गत सिजन पनि उसकै आफ्ना केही सामान्य भुलका कारण ब्राइटनले युरोपमा खेल्ने अवसर गुमाएको थियो । ब्राइटनको टिम कस्तो छ भने उसले लिगका ठूला टिमलाई पनि चुनौती पेस गर्न सक्छ । ठीक यही बेला डर के पनि छ भने ब्राइटनका केही खास खेलाडी चल्न सकेन् भने उसलाई डर पनि रहनेछ, कहीं अंक तालिकाको पुछारमा दबाब सहनु पर्ने त होइन ?

बर्नली

बर्नलीले फेरि एकपल्ट इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा रहनकै लागि संघर्ष गर्नेछ, त्यसमा कुनै शंका नगरे हुन्छ । तर ठीक यहींनिर खुसीको तथ्य के छ भने बर्नलीले प्रिमियर लिगमा आफूलाई कसरी बचाउनु पर्छ, त्यो जानेको छ । बर्नलीका लागि लिगमा बच्नु र कपतिर राम्रो नतिजा निकाल्नु खास उद्देश्य हुन सक्छ । तर पनि पूरा सिजन बर्नलीमाथि खालि एउटै डर हुनेछ र त्यो रेलिगेसन नै हो । फेरि क्लबले कोही राम्रा नयाँ खेलाडी किनेको पनि छैन् । 

चेल्सी

पछिल्लो चार वर्षमा चेल्सीले उपाधिका लागि सबैभन्दा बलियो चुनौती यसै सिजन प्रस्तुत गर्न सक्नेछ । सिधा भन्दा चेल्सी यसपल्ट लिग उपाधिका लागि सबैभन्दा बलियो प्रत्यासीमध्ये एक हो । आखिरमा चेल्सी युरोपेली च्याम्पियन पनि हो । गत सिजन चेल्सीको सुरुआत राम्रो रहेन् । त्यसैले टिमको व्यवस्थापनमा आए, थोमस टुचेल । उनी आएपछि चेल्सीको प्रदर्शन नै फेरियो । अब उनकै नेतृत्वमा चेल्सीले अझ राम्रो गर्नेछ त ? यसको उत्तर सायद धेरै हदसम्म रोमेलु लुकाकुको प्रदर्शनमा पनि भर पर्नेछ ।

क्रिस्टल प्यालेस

प्रत्येक सिजन क्रिस्टल प्यालेसका लागि युरोपमा खेल्ने सपना हुन्छ र प्रत्येक अवसरमा यो अन्तिम सयममा टुट्छ पनि । यसपल्टको कथा पनि त्यही हो, क्रिस्टल प्यालेसले फेरि एकपल्ट युरोपमा खेल्न लागि प्रयास गर्नेछ । सायद यसका लागि उसलाई लिग भन्दा पनि कम बढी सहज हुन सक्नेछ । अहिले टिमका नयाँ प्रशिक्षक रहेका छन्, प्याट्रिक भिएरा । यी आर्सनल लेजेन्डले व्यवस्थापकका रूपमा अहिलेसम्म सम्झनलायक केही पनि गरेका छैनन्, त्यसैले उनी आफै एउटा चुनौती रहेका छन् ।

एभर्टन 

सायद झिनो सम्भावना मान्न सकिन्छ, एभर्टनले युरोपमा खेल्ने अवसर मिलाउने । एभर्टनका लागि यसको बाटो लिग भन्दा पनि कप नै बढी हुन सक्नेछ । गुडसन पार्कमा समर्थक एक प्रकारले अन्यौलमा छन्, आफ्नो व्यवस्थापक राफेल बेटिनेजलाई लिएर । एभर्टनको खेलको विश्लेषण गर्ने हो उसको सबैभन्दा ठूलो विशेषता हो, सबैको धेरै विश्वास, तर अन्त्यमा शून्य उपलब्धी । यसपल्ट यही सत्यलाई तोड्ने सबैभन्दा ठूलो चुनौती हुनेछ, एभर्टन र बेनिटेज दुवैलाई । र, टिममा राम्रा खेलाडीको कुनै कमी छैन्, यो पनि सत्य हो ।

लिड्स युनाइटेड

गत सिजन माथिल्लो डिभिजनमा उक्लेर एक समय लिड्स युनाइटेडले तहल्का नै मच्चाएको थियो । तर अन्त्यमा लिड्स नवौं स्थानमा रह्यो । यसपल्ट पनि लिगको शीर्ष १० भित्र लिड्स पर्छ भने त्यो उपलब्धी नै हुने । लिड्सलाई लिएर समस्या के छ भने उपलब्ध टिमको आधारमा उसले आफू माथि रहेका टिमलाई खासै चुनौती दिन सक्दैन, त्यसैले यो मिड टेबल टिमनै रहनेछ । टिमको यसपल्ट सबैभन्दा बलियो पक्ष रहनेछ, प्रतिभाशाली प्याट्रिक बामफोर्ड आउनु ।

लेस्टर सिटी

लेस्टर सिटीले पछिल्लो दुई सिजन लगातार च्याम्पियन्स लिग छनोटको नजिक पुगेर पनि अन्तत: छनोट हुन सकेन् । यो निकै पीडादायी स्थिति थियो । तर यी दुवै अवसरमा टिमको प्रदर्शन आफैमा उत्साहनजक थियो । यसपल्ट पनि लेस्टरको लक्ष्य भनेको लिग तालिकाको शीर्ष चारमा प्रवेश नै हो । उसका लागि यसपल्ट युरोपा लिग जितेर च्याम्पियन्स लिगमा जाने बाटो पनि छ । अहिलेको टिममा प्रतिभाशाली खेलाडीको कुनै कमी छैन्, त्यसैले लेस्टरबाट धेरै आश गर्न सकिन्छ ।

लिभपुरपुल

सायद लिभरपुललाई अब खेलाडीको चोटको चिन्ता रहेन् । त्यसैले हामीले सम्भवत: सन् २०१९/२०२० को जस्तो लिभरपुल देख्न पाउन सक्छौं । त्यसो हो भने लिभरपुलले फेरि एकपल्ट लिग उपाधि जित्न सक्छ । म्यानचेस्टर सिटीलाई फेरि उपाधि जित्नबाट रोक्न सक्नेमा योर्गन क्लोपको लिभरपुल पनि पर्छ । यो मर्सिसाइड क्लबले यस्तै गर्ने हो भने उसको सबैभन्दा ठूलो काम हुनेछ, घरेलु एनफिल्डमा राम्रो नतिजा निकाल्ने । गत सिजन घरमै लिभरपुलले साह्रै खराव खेलेको थियो ।

म्यानचेस्टर सिटी

म्यानचेस्टर सिटीलाई फेरि एकपल्ट इंग्लिस प्रिमियर लिग जित्न धेरै गाह्रो नहन सक्छ, भलै यसका लागि कडा परिश्रम आवश्यक छ । सिटीले जित्न नसकेको भनेको युरोपेली च्याम्यिपन्स लिग नै हो । पेप ग्वार्डिओलाका लागि त यो प्रतिष्ठाकै विषय भइसकेको छ । केही खेल पण्डित के सम्म पनि भन्छन् भने सिटीलाई घरेलु लिग र कप जित्नबाट रोक्न गाह्रै छ । उसको खास परीक्षा भनेको युरोपमै हो । हुन पनि सिटीको टिममा कुन चाहिं पक्ष पो कमजोर छ र ?

म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर युनाइटेडलाई लिएर सबैभन्दा महत्त्वपूर्ण तथ्य, व्यवस्थापकमा ओले गन सोल्सार आएयता क्लबले अहिलेसम्म पनि एउटै उपाधि जित्न सकेको छैन् । यो समर्थकका लागि निकै निराशाजक पक्ष हो । अब अर्को उत्तिकै महत्त्वपूर्ण तथ्य, म्यानचेस्टर उपाधि जित्ने उपलब्धीबाट नजिक नजिक भने छ । जाडोन सान्चो र राफेल भरानो आएपछि पक्कै पनि टिम अझ बलियो बनेको छ । फेरि टिममा स्टार खेलाडीको कमी नै छैन्, खालि टिमले कहिले उपाधि जित्ने भन्ने मात्र हो ।

न्युकालस युनाइटेड

इंग्लिस फुटबलमा न्युकासल युनाइटेड खुबै लोकप्रिय क्लबमा पर्छ, तर यसको पछिल्लो इतिहास भने पक्कै गर्विलो छैन् । न्युकासल जत्तिको क्लबले यसपल्ट पनि रेलिगेसनबाट बच्न नै खेल्नेछ । यो आफैमा निकै दुखद परिस्थिति हो । पछिल्ला दुई सिजन यस्तै आरोप लागेको भए पनि न्युकासल खासमा रेलिगेसनमा भने परेन् । यस्तोमा क्लबको उद्देश्य यसपल्ट शीर्ष १० मा प्रवेश हुन सक्छ । टिमका प्रशिक्षक स्टिभ ब्रुसको खेलाउने शैलीलाई लिएर प्रश्न गर्ने पनि उत्तिकै छन्, यो अर्को खराव पक्ष हो ।

नर्विच

माथिल्लो डिभिजनमा उक्लेपछि  नर्विच र यसका समर्थकको खुसी हेरिनसक्नु हुन्छ । तर यही क्लब सबैभन्दा पहिले रेलिगेसनमा पर्ने पनि हुन्छ । क्लबको इतिहासमै उसले खालि तीन पल्ट मात्र माथिल्लो डिभिजनमा बाँच्न सकेको छ । यो आफैमा निकै खराव इतिहास हो । त्यसैले भन्नै पर्छ, यसपल्ट पनि नर्विचले रेलिगेसनबाट बच्नकै लागि खेल्नेछ । बचे, त्यही उपलब्धी । त्यसैले मुख्य प्रश्न हो, नर्विचले इतिहासबाट किन पाठ सिक्दैन् ? किन गोल र बारुदविना नै युद्धको मैदानमा उत्रिन्छ ? 

साउथह्याम्टपन

साउथह्याम्पटनलाई दशा लागेको हुनु पर्छ, नत्र उसले आफ्ना प्रमुख खेलाडी डानी इंग्सलाई गुमाउन थिएन् । तर उनको स्थानमा साउथह्याम्पटनले केही चलाखी गरेर नयाँ खेलाडी पनि भित्र्याएको छ । खासमा यो पनि मिड टेबलमा बस्न रूचाउने टिम हो, अबको सिजन शीर्ष दस भित्र रहे, त्यो पनि उपलब्धी नै हुनेछ । साउथह्याम्पटनलाई सबैभन्दा बढी चाहिने भनेको एकनासे खेल नै हो, न कि कहिले राम्रो कहिले खराव । यो टिम पक्कै रेलिगेसनमा पर्ने छैन् । तर युरोपतिर यसले नजर पनि लगाउन सक्ने छैन् ।

 
टोटनहम
टोटनहमले आफ्ना समर्थकलाई दिन खोजेको संदेश हो, क्लबलाई समर्थन गरिरहनु, मज्जा पनि लिनु, तर केही जित्ने छ भनेर आश पनि नगर्नु । पछिल्लो केही सिजन टोटनहमका लागि राम्रो रहेन्, जोसे मउरिन्हो जत्तिको व्यवस्थापकले पनि केही गर्न सकेन् । उल्टै उनले टिमलाई बिगारेर गए । अहिले नयाँ व्यवस्थाक छन्, नुनु सान्टोका रूपमा । तर उनी पनि विचरा नै छन्, प्रमुख खेलाडी तथा कप्तान ह्यारी केनविना उनले पनि के नै गर्न सक्छन् र ? यी सबैका बाववजुत टोटनहमले अर्को सिजन युरोपमा खेल्छ भने त्यो उपलब्धी नै हुने ।
 
वाटफोर्ड
बढुवा खाएर प्रिमियर लिगमा आएको अर्को क्लब हो, वाटफोर्ड । बढुवा हुने टिमको समस्या यही हुन्छ, फेरि कसरी यसमै टिकेर बस्ने भनेर । वाटफोर्डका लागि पनि इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा कायम रहनु नै मुख्य चुनौती हो । त्यसका लागि वाटफोर्डले कम्तीमा खराव सुरुआत लिनु हुन्न । प्रिमियर लिगमै हुँदा वाटफोर्डलाई जहिल्यै गोल गर्नमा समस्या हुन्थ्यो । यसपल्ट यसलाई सल्टाउन अत्यावश्यक छ नै । साँच्चै वाटफोर्डले नियमित अन्तरमा गोल निकाल्छ भने यो टिम प्रिमियर लिगमै रहनेछ ।
 
वेस्ट ह्याम
वेस्ट ह्यामका समर्थक हुनुको मज्जा के भने यो क्लबले कहिलेकाहीं निकै चोट पनि दिने गर्छ, कहिलेकाहीं उत्तिकै मीठा उपलब्धी पनि । पोहोर वेस्ट ह्यामले लगभग गज्जब जस्तै खेल्यो । यसपल्ट पनि वेस्ट ह्यामले यस्तै खेल्नेछ, विश्वास गर्न सकिन्छ । अझ भन्ने हो भने वेस्ट ह्यामले युरोपका लागि मज्जाले प्रयास गर्न सक्छ, यत्तिको टिम छ पनि । क्लबले व्यवस्थापक डेविड मोयसलाई विश्वास कायम राख्छ भने वेस्ट ह्यामले शीर्ष आठमा पक्कै स्थान बनाउने छ ।
 
उल्भ्स
उल्भ्समा नुनो सान्टोका रूपमा अब उम्दा व्यवस्थापक रहेन् । यो नै क्लबको यस सिजन सबैभन्दा ठूलो समस्या हो । अहिले ब्रुना लागेको जिम्मामा छ, टिम । उनी धेरैका लागि नयाँ छन्, अझ अपरिचत नै छन् भन्दा पनि हुन्छ । गत सिजन टिमको प्रदर्शन उतारचढावपूर्ण रह्यो । तर उल्भ्सले सबैको मन छुने खेल भने खेल्छ, यसमा शंका नगरे हुन्छ । उल्भ्सले पनि अर्को सिजन युरोपमा खेल्ने सपना साँचेर खेल्न सक्छ । यस्तो भन्दैमा केही खराव नतिजापछि पनि उल्भ्सलाई रेलिगेसनको चिन्ता हुने छैन्, यसलाई पनि ठ्याक्कै भन्न सकिन्न । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP