काठमाडौं । जर्मन बुन्डेसलिगाको नयाँ सिजन आज शुक्रबारदेखि सुरु हुँदैछ । डिफेन्डिङ च्याम्पियन बायर्नले बोरुसिया मोन्चेनग्लाडबाखको सामना गर्नेछ ।
बायर्नका नयाँ प्रशिक्षक हुन्, ३४ वर्षीय जुलियन नागेल्समन । उनीमाथि चर्को दबाब रहनेछ, बायर्नलाई लगातार दसौं लिग उपाधि दिलाउने ।
आफ्नो पहिलो सिजन बायर्नले लिग जित्न सकेन भने त्यो प्रशिक्षकको असफलता हुनेछ । त्यसो भए, बार्यनलाई लिग उपाधि जित्नबाट वञ्चित पार्न सक्ने प्रतिद्वन्द्वी को हो त ?
बोरुसिया डर्टमण्ड
डर्टमण्डका इंग्लिस विंगर जाडोन सान्चोले म्यानचेस्टर युनाइटेडका लागि लागि क्लब छाडेका छन् । तर पनि बायर्नको प्रमुख प्रतिद्वन्द्वी फेरि एकपल्ट डर्टमण्ड नै हुनेछ । डर्टमण्डमा पनि नयाँ प्रशिक्षक छन् र उनी हुन्, मार्को रोस । डच फरवार्ड डोनएल मालेन पीएसजी आयनहोभजनबाट आएका छन् । उनले अर्लिङ ब्रट हालाण्ड, मार्को रेयस र जियाभानी रेयनालाई साथ दिनेछन् । लिगमा उसले शनिबार इन्ट्राख्ट फ्रायन्कफर्टको सामना गर्नेछ । त्यसको चार दिनपछि जर्मन सुपरकपमा बायर्नसँग भिड्ने छ ।

आरबी लाइपजिग
गत सिजन चेल्सीका लागि टिमो वार्नरले छाडेपछि आरजी लाइपगिजको मुख्य समस्या भएको थियो, आवश्यक जत्तिको गोल गर्न नसक्नु । त्यसैले उनले पोर्चुगाली स्ट्राइकर आन्द्रे सिल्भालाई किनेको छ । लाइपजिग पनि नयाँ प्रशिक्षक जेसे मार्चसको नेतृत्वमा खेल्नेछ । लाइपजिगले आफ्नो पहिलो खेलमा कोरोना भाइरस संक्रमणको महामारीले छोपेको मेन्जको सामना गर्नेछ । लाइपजिगका लागि डिफेन्समा पनि समस्या हुन सक्छ, किनभने इब्राहिम कोनाटे र डेयोट उपामेकानोले क्लब छाडेका छन् ।
भीएफएल उल्फबर्ग
पाँच वर्षको अन्तरपछि भीएफएल उल्फबर्ग युरोपेली च्याम्पियन्स लिगमा फर्केको छ, त्यसैले टिम उत्साहित छ । उल्फबर्गमा पनि नयाँ प्रशिक्षक छन्, मार्क भान बोमेल । उनी बायर्नका पूर्व मिडफिल्डर हुन् । गत सिजन चौथो स्थानमा आएको उल्फबर्गका त्यति बेलाका अधिकांस खेलाडी अहिले पनि टिममा छन् । त्यसैले टिमको प्रदर्शनमा स्थायित्व अपेक्षा गर्न सकिन्छ । उसले आफ्नो पहिलो खेलमा भर्खरै मात्र बढुवा खाएको बोकुमको समाना गर्नेछ ।

बोरुसिया मोन्चेनग्लाडबाख
संयोग मान्नु पर्छ, बोरुसिया मोन्चेनग्लाडबाखमा पनि नयाँ प्रशिक्षक आएका छन् । गत सिजनका प्रशिक्षक मार्का रोजले छाडेपछि उनको स्थानमा आएका छन्, एडी हुटर । मोन्चेनग्लाडबाख बलियो टिम रहेको छ, किनभने यसमा जर्मन टिमका केही प्रमुख खेलाडी लार्स स्टान्डल, जोनास होफमन रहेका छन् । टिमले राम्रो खेल्छ भने मोन्चेनग्लाडबाखले कुनै पनि दिन कसैलाई पनि हराउन सक्छ, तर यसका लागि चाहिने छ, टिमको एक रूपको प्रदर्शन ।
–एएफपीको सहयोगमा ।