एजेन्सी । डिफेन्डर भिक्टर लिन्डेलोफ स्विडेनको राष्ट्रिय फुटबल टिमको कप्तान नियुक्त भएका छन् ।
स्विडेन फुटबलले बुधबार लिन्डेलोफलाई कप्तान चयन गरेको हो ।
२७ वर्षीय डिफेन्डरले सन् २०१६ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
राइट ब्याक लिन्डेलोफले स्विडेनका लागि ४५ खेलमा ३ गोल गरेका छन् ।
उनले स्विडेनको उमेर समूहको टिमबाट समेत खेलिसकेका छन् ।
लिन्डेलोफले म्यानचेस्टर युनाईटेडबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।