एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले फरवार्ड योएन विस्सालाई अनुबन्धित गरेको छ ।
ब्रेन्टफोर्डले फ्रेन्च क्लब लोरियन्टबाट फरवार्ड विस्सालाई अनुबन्ध गरेको हो ।
कंगोका फरवार्डले प्रिमियर लिगको नव प्रवेशी क्लब ब्रेन्टफोर्डसँग चार वर्षको सम्झौता गरेका छन् ।
२४ वर्षीय फरवार्डले फ्रेन्च क्लबका लागि १ सय १७ खेलमा ३५ गोल गरेका थिए ।
कंगोका लागि उनले २ खेल खेलेका छन् ।
ब्रेन्टफोर्डले ७४ वर्ष पछि यस सिजनको प्रिमियर लिग खेल्न लागेको छ ।
गत सिजन च्याम्पियनसिपको प्ले अफमा स्वान्सी सिटीलाई पराजित गर्दै ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा भएको थियो ।