काठमाडौं । बार्सिलोनाका स्ट्राइकर सर्जियो अग्युरो करिब १० हप्ता मैदान बाहिर रहने भएका छन् ।
बार्सिलोनाले सोमबार चोटको कारण अग्युरो १० साता मैदान बाहिर रहने जनाएको छ ।
अर्जेन्टिनी फरवार्डले दाहिने खुट्टाको पिडुलाको चोट बोकेको बताईएको छ ।
३३ वर्षीय अग्युरो गत जुनमा बार्सिलोनामा अनुबन्धित भएका थिए ।
अग्युरो म्यानचेस्टर सिटी छाडेर बार्सिलोना आएका थिए ।
उनले बार्सिलोनासँग दुई वर्षको सम्झौता गरेका छन् ।
अग्युरो सिटीका सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।
अग्युरोले सिटीका लागि मुख्य १५ उपाधि जितेका थिए ।