काठमाडौं । सातदोबाटो युथ क्लबसँग ललितपुरको स्टार हस्पिटल जोडिएको छ ।
'ए' डिभिजन लिग क्लब सातदोबाटोसँग स्टार हस्पिटल क्लबको हस्पिटल तथा हेल्थ पार्टनरको रुपमा जोडिएको हो ।
सातदोबाटोले सोमबार स्टार हस्पिटल लिमिटेडसँग एक वर्षको सम्झौता गरेको छ ।
सम्झौतासँगै हस्पिटलले क्लबलाई स्वास्थ्य सेवा उपलब्ध गराउनेछ भने क्लबले हस्पिटलको प्रचारप्रसारको काममा सहभागिता जनाउने छन् ।
सातदोबाटो पहिलो पटक ए डिभिजन लिग खेल्ने तयारीमा रहेको छ ।
ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।
